सुख्खाग्रस्त मधेसमा सरकारको तत्कालीन योजनाः ५ सय डिप बोरिङ जडान गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ९, २०८२
|
|
२४ पटक हेरिएको
Shares
सुख्खाग्रस्त मधेसमा सरकारको तत्कालीन योजनाः ५ सय डिप बोरिङ जडान गरिने

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त मधेसमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गर्नुभएको छ ।
  • शुक्रवार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले एउटा डिप बोरिङबाट ६० बिघा क्षेत्रफल सिंचाई गर्न सकिने बताउनु भयो ।

९ साउन, महोत्तरी ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त मधेसमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गर्नुभएको छ । शुक्रवार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एउटा डिप बोरिङबाट ६० बिघा क्षेत्रफल सिंचाई गर्न सकिने बताउनु भयो । उहाँले पानीको अभावका कारण मधेस सुख्खाग्रस्त भएको बताउँदै सरकारले संकटग्रस्त क्षेत्र घोषणासमेत गरिसकेको बताउनु भयो ।

सरकार संकटग्रस्त क्षेत्र घोषणा मात्रै गरेर नबस्ने भन्दै दीर्घकालीन र तत्कालीन उपायहरु शुरु गरिसकेको बताउनु भयो । चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने कार्यमा सरकार लागेको बताउनु भयो । सरकारको तर्फबाट मधेसमा पानीको समस्या समाधान गर्न सबै सरकारी निकाय, गैरसरकारी निकायहरुलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मधेस सुख्खाग्रस्त छ । पानीको अभावको कारणले सुख्खाग्रस्त भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरेका छौँ । संकटग्रस्त क्षेत्र घोषणा गर्ने मात्रै होइन यस क्षेत्रमा दीर्घकालीन र तत्कालीन दुई उपायहरुबाट काम गर्नेछौँ ।

चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने, जसबाट जमिनको सतहको पानी तल जान नदिने गरी अनुकुल वातावरणतर्फ फर्काउने काम गर्दछौँ । तत्कालका लागि अरु विभिन्न काम अघि बढाउनेछौँ । अहिलेको सरकारको तर्फबाट यस काममा मद्दत गर्न सरकारका सबै निकायहरुलाई आग्रह गर्दछु । गैरसरकारी संघसंस्था सबैलाई साथ सहयोग गर्न आग्रह गर्दछु । हामी अहिले तत्काल केही डिप बोरिङहरु जडान गर्ने र डिप बोरिङमार्फत तत्कालका लागि ५ सय जति डिप बोरिङ गर्नेछौँ । एउटाले लगभग ६० बिघा जमिन सिंचाई गर्न सकिन्छ ।’प्रधानमन्त्री ओलीले ८ वटै जिल्लालाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करोडौंको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
करोडौंको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल तिर्नुपर्ने भएपछि भारतीय सीमावर्ती क्षेत्रमा घट्यो चहलपहल
सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल तिर्नुपर्ने भएपछि भारतीय सीमावर्ती क्षेत्रमा घट्यो चहलपहल
भारतलाई ९२ रनले हराउँदै हङकङ सिक्सेसमा नेपालको पहिलो जित
भारतलाई ९२ रनले हराउँदै हङकङ सिक्सेसमा नेपालको पहिलो जित
राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार
राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश, तर नछुट्ने
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश, तर नछुट्ने
छिमेकीको हत्यागरी भागेका सन्तबहादुर १४ वर्षपछि रूपन्देहीबाट पक्राउ
छिमेकीको हत्यागरी भागेका सन्तबहादुर १४ वर्षपछि रूपन्देहीबाट पक्राउ
कोटेश्‍वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
कोटेश्‍वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
आदिवासी आयोगद्वारा प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण
आदिवासी आयोगद्वारा प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण
बीपी राजमार्ग : अस्थायी ‘ट्र्याक’ खुलाएसँगै थालियो थप मर्मत
बीपी राजमार्ग : अस्थायी ‘ट्र्याक’ खुलाएसँगै थालियो थप मर्मत