सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १५, २०८३
|
|
२७७ पटक हेरिएको
Shares
तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

सारांश

  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भन्दै तेज ब्राण्डको तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
  • विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित तेज ब्रान्डको तोरीको तेल न्यूनस्तरको भेटिएको हो ।
  • विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम परीक्षण गर्दा उक्त तेल नेपाल सरकारले तोकेको मापदण्डअनुसार नभेटिएपछि सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको छ ।

 

१५ जेठ, काठमाडौं ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भन्दै तेज ब्राण्डको तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित तेज ब्रान्डको तोरीको तेल न्यूनस्तरको भेटिएको हो ।

विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम परीक्षण गर्दा उक्त तेल नेपाल सरकारले तोकेको मापदण्डअनुसार नभेटिएपछि सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको छ । साथै सो तेलको बिक्री वितरण नगर्न पनि आदेश जारी गरिएको विभागले जनाएको छ । फिर्ता गर्न भनिएको तेल आयातित तोरी गेडाबाट उत्पादन गरिएको तेज ब्रान्डको हो । उक्त तेलको ब्याच नम्बर २० रहेको, उत्पादन मिति २०८२ फागुन २८ तथा उपभोग्य अवधि ६ महिना उल्लेख गरिएको छ । उक्त उत्पादन रुपन्देहीको गुरबानियास्थित सिद्धार्थ आयल इन्डस्ट्रिजले उत्पादन गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पनि बस्दै विपक्षी दलहरुको बैठक
आज पनि बस्दै विपक्षी दलहरुको बैठक
दोलखामा मोटरसाइकल दुर्घटनामा गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति सहित दुई युवकको मृत्यु
दोलखामा मोटरसाइकल दुर्घटनामा गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति सहित दुई युवकको मृत्यु
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा प्रदर्शन
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा प्रदर्शन
झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु, झाँक्री पक्राउ
झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु, झाँक्री पक्राउ
शिक्षक बढुवा तीन प्रकारले गर्ने प्रस्ताव पारित
शिक्षक बढुवा तीन प्रकारले गर्ने प्रस्ताव पारित
अपरेशन सिन्दुरमा १ सय आतंककारी मारिए : रक्षामन्त्री सिंह
अपरेशन सिन्दुरमा १ सय आतंककारी मारिए : रक्षामन्त्री सिंह
नमोबुद्ध नगरपालिकाका पूर्व प्रमुख टङ्कप्रसाद तिमल्सिनाको निधन
नमोबुद्ध नगरपालिकाका पूर्व प्रमुख टङ्कप्रसाद तिमल्सिनाको निधन
आजदेखि पोखरामा ड्रागन डुंगा दौड प्रतियोगिता शुरु
आजदेखि पोखरामा ड्रागन डुंगा दौड प्रतियोगिता शुरु
पूरा भयो विराटको सपना, पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन
पूरा भयो विराटको सपना, पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन
आज श्रीपञ्चमी, सरस्वती पूजा गरेर मनाइँदै
आज श्रीपञ्चमी, सरस्वती पूजा गरेर मनाइँदै