आर्थिक विवादका कारण जनमत पार्टीका कोषाध्यक्षमाथि कारबाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
४५ पटक हेरिएको
Shares
आर्थिक विवादका कारण जनमत पार्टीका कोषाध्यक्षमाथि कारबाही

सारांश

  •   हिसाबकिताबको विवाद चर्किएपछि अध्यक्ष सीके राउतले कोषाध्यक्ष यादवलाई कारबाही गरेका हुन्।
  • यादवलाई ११ फागुनमा स्पष्टीकरण सोधिएको थियो।
  • आर्थिक पारदर्शिता नभएको भन्दै विभिन्न चारवटा आरोप लगाई स्पष्टीकरण सोधिएको थियो।

२५ फागुन, जनमत पार्टीमा आर्थिक विवादलाई लिएर कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई कारबाही गरिएको छ।  हिसाबकिताबको विवाद चर्किएपछि अध्यक्ष सीके राउतले कोषाध्यक्ष यादवलाई कारबाही गरेका हुन्। यादवलाई ११ फागुनमा स्पष्टीकरण सोधिएको थियो। आर्थिक पारदर्शिता नभएको भन्दै विभिन्न चारवटा आरोप लगाई स्पष्टीकरण सोधिएको थियो।

स्पष्टकीरणको जवाफ नदिँदै कोषाध्यक्ष यादवमाथि कारबाहीमा गरिएको छ।  कोषाध्यक्ष यादवमाथि चन्दा उठाएर व्यक्तिगत लाभ लिएको आरोप लागेको छ। उनले विभिन्न कार्यकर्ताबाट उठाएको लेबीबाट काठमाडौँमा घर किन्नेदेखि जनकपुरमा व्यवसाय गरेकोसम्म आरोप छ। आफूले पार्टीमा करिब ५ करोडसम्म लगानी गरेको र त्यसको हिसाब मागेपछि कारबाही गरिएको दाबी उनले गरेका छन्।

आफूले पार्टीभित्र हिसाबकिताब माग्न थालेपछि केन्द्रीय समितिको बैठकअघि कारबाही गरिएको दाबी गरेका छन्। भोलिदेखि जनमतको केन्द्रीय समिति बैठक बस्दैछ। यादवमाथि गुटबन्दी गरेको, पार्टी विभाजन गराउने खेलमा लागेको आरोप पनि लागेको छ । पार्टीको अनुशासन समितिले कोषाध्यक्ष यादवलाई सोधेको स्पष्टीकरणमा पार्टी विभाजनका लागि चलखेल गरेको बारे उल्लेख गरिएको छ। साथै, समितिले अनुशासन समितिका संयोजक दीपक साहलाई पनि कारबाही गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शहरी विकासमन्त्रालयमा प्रकाशमानका वर्ष दिनः ९७ वटा स्वास्थ्य भवन निर्माण, २७८ किमि ग्रामिण र ६१८ किमि शहरी सडक कालोपत्रे
शहरी विकासमन्त्रालयमा प्रकाशमानका वर्ष दिनः ९७ वटा स्वास्थ्य भवन निर्माण, २७८ किमि ग्रामिण र ६१८ किमि शहरी सडक कालोपत्रे
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
काठमाडौँसहित यी ३५ जिल्ला र आसपास ठुलो बाढीको सम्भावना
काठमाडौँसहित यी ३५ जिल्ला र आसपास ठुलो बाढीको सम्भावना
रसुवाको कालिकामा करेन्ट सर्ट भई आगलागी हुँदा ३ घर जले, करिब २७ लाख बराबरको क्षति
रसुवाको कालिकामा करेन्ट सर्ट भई आगलागी हुँदा ३ घर जले, करिब २७ लाख बराबरको क्षति
वडा स्तरीय टोल सुधार समितिद्वारा खैरामाइ मन्दिरको सरसफाइ
वडा स्तरीय टोल सुधार समितिद्वारा खैरामाइ मन्दिरको सरसफाइ
विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै
विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै
एनपीएल : पहिलो चौका विराटनगर किङ्सका बमको नाममा दर्ता
एनपीएल : पहिलो चौका विराटनगर किङ्सका बमको नाममा दर्ता
आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदै
आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदै
सिरहा कारागार तनाव सुरक्षा व्यवस्था कडा, स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समिति बैठक
सिरहा कारागार तनाव सुरक्षा व्यवस्था कडा, स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समिति बैठक
अपराध विरूद्ध निर्मम भई जिम्मेवारी वहन गर्न प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक कार्कीको निर्देशन
अपराध विरूद्ध निर्मम भई जिम्मेवारी वहन गर्न प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक कार्कीको निर्देशन