बझाङमा अज्ञात समुहद्वारा नेपाल टेलिकमकाे टावरमा तोडफोड, सञ्चार सेवा अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २८, २०८१
|
|
४२ पटक हेरिएको
Shares
बझाङमा अज्ञात समुहद्वारा नेपाल टेलिकमकाे टावरमा तोडफोड, सञ्चार सेवा अवरुद्ध

सारांश

  • अज्ञात समूहले टावरमा तोडफोड गर्दा क्षति भएपछि  सञ्चार सेवा प्रभावित बन्न पुगेको छ।
  •  खत्रीवाडा माझीगाउँमा रहेको टेलिकमको टावरमा प्रयोग भएका ब्याट्री, तार, सोलार प्यानल लगायतका विद्युतीय उपकरणमा अज्ञात समूहले ताेडफाेड गरेकाे हाे।
  • रिपिटर टावरमा तोडफोडपछि खप्तडछान्ना गाउँपालिका र आसपासका स्थानीय मोबाइल, टेलिफोन र इन्टरनेट सेवाबाट बञ्चित बन्न पुगेका छन्।

 

२८ असोज, धनगढी- बझाङको खप्तडछान्ना गाउँपालिका–४ मा रहेको नेपाल टेलिकम (एनटीसी) को टावरमा तोडफोड भएकाे छ।

अज्ञात समूहले टावरमा तोडफोड गर्दा क्षति भएपछि  सञ्चार सेवा प्रभावित बन्न पुगेको छ। खत्रीवाडा माझीगाउँमा रहेको टेलिकमको टावरमा प्रयोग भएका ब्याट्री, तार, सोलार प्यानल लगायतका विद्युतीय उपकरणमा अज्ञात समूहले ताेडफाेड गरेकाे हाे।रिपिटर टावरमा तोडफोडपछि खप्तडछान्ना गाउँपालिका र आसपासका स्थानीय मोबाइल, टेलिफोन र इन्टरनेट सेवाबाट बञ्चित बन्न पुगेका छन्।  जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्रसिंह ठगुन्नाले टेलिकमको टावरमा क्षति पुर्‍याउनेको पहिचान नभएको बताए। घटनाको अनुसन्धान भईरहेकाे उनले बताए। 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?