एन्फाको बजेट १ अर्ब ५६ करोड पारित
सारांश
- अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी आर्थिक वर्षको लागि बजेट पारित गरेको छ ।
- काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न साधारण सभाले २०८१/८२ को लागि डेढ अर्ब माथिको बजेट पारित गरेको हो ।
- साधारण सभाले एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० रुपैयाँ बजेट पारित गरेको एन्फा प्रवक्ता सुरेश शाहले बजेट बढेको जानकारी दिए ।

२६ वैशाख, काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी आर्थिक वर्षको लागि बजेट पारित गरेको छ । काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न साधारण सभाले २०८१/८२ को लागि डेढ अर्ब माथिको बजेट पारित गरेको हो ।

साधारण सभाले एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० रुपैयाँ बजेट पारित गरेको एन्फा प्रवक्ता सुरेश शाहले बजेट बढेको जानकारी दिए । पछिल्लो वर्षको पूर्वाधारको बजेट यस आर्थिक वर्ष थपिएकोले धेरै भएको प्रवक्ता शाहले जानकारी दिए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया