सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

राज्य नागरिकको पक्षमै हुनुपर्छ : महानिरीक्षक कार्की

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
२१९ पटक हेरिएको
Shares
राज्य नागरिकको पक्षमै हुनुपर्छ : महानिरीक्षक कार्की

सारांश

  • प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले राज्य नागरिकको पक्षमै हुनुपर्ने धारणा राखेका छन् ।
  • शनिबार जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरभित्र युएनओपीएसद्वारा निर्मित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको समुद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले लोकतन्त्रमा राज्य नागरिकको पक्षमा हुने अवस्था रहेकोमा उल्लेख गरे ।
  • उनले लोकतन्त्र बोलेर वा हल्ला गरेर हुने कुरा नभई नागरिकले आफ्नो कर्म, पेशा र व्यवसायीमाथि गर्व गर्नसक्ने अवस्था रहेको बताए ।

 

जनकपुर ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले राज्य नागरिकको पक्षमै हुनुपर्ने धारणा राखेका छन् । शनिबार जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरभित्र युएनओपीएसद्वारा निर्मित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको समुद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले लोकतन्त्रमा राज्य नागरिकको पक्षमा हुने अवस्था रहेकोमा उल्लेख गरे ।

उनले लोकतन्त्र बोलेर वा हल्ला गरेर हुने कुरा नभई नागरिकले आफ्नो कर्म, पेशा र व्यवसायीमाथि गर्व गर्नसक्ने अवस्था रहेको बताए । मजदुरले मजदुरी गरेर जीवन निर्वाह गर्दा पनि खुसी हुनसक्ने र एउटा चिकित्सकले बिरामी जाँचेर पनि सोही खुसी अनुभूती गर्ने वातावरणलाई लोकतन्त्र मानिने प्रहरी महानिरीक्षक कार्कीको भनाई छ ।  उनले एकै ठाउँमा समान रुपमा हरेक पेशा, धर्म, जातजातीलाई सम्बोधन गर्न सकिने वातावरण निर्माण गर्न र सो वातावरण कायम राख्नु आम नागरिक र प्रहरीको जिम्मेवारी रहेकोमा जोड दिए । प्रहरी महानिरीक्षक कार्कीले कानुनी शासनमा बदमासहरु डराउनुपर्ने र सज्जनहरु भयरहित वातावरणमा हिँडडुल गर्न पाउनुपर्ने वातावरण निर्माण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए । प्रहरीलाई कुनै एक पक्ष वा चिनजान अथवा कसैको दबाबमा आएर अन्यायतर्फको झुकावमा नपर्न महानिरीक्षक कार्कीले आग्रह गरे ।

समाज र राष्ट्रमा सन्तुलन कायम राख्न सर्वसाधारण र प्रहरी प्रशासनलाई मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । जिल्ला प्रहरी कार्यालय धनुषामा ४ करोड ७१ लाख रुपैयाँको लगानिमा महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र र प्रहरी आवास भवनका साथै सोलार लाईट जडान गरिएको छ ।  प्रहरी महानिरीक्षक कार्कीले उद्घाटन गरेको भवनमा परामर्श कक्ष, पीडित कक्ष, बालबालिका कक्ष रहेको छ । यस भवनले पीडितहरुलाई ट्रान्जिट स्पटका रुपमा केही दिन बस्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।  यसअघि कुनै पीडितलाई केही दिनका लागि राख्नुपर्दा जिल्ला प्रहरी कार्यालयले विभिन्न सामाजिक संस्था तथा एनजीओहरुको जिम्मा लगाउने गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी
देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी
संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु
संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु
रविको भनिएको भाइरल फोटोको वास्तविकता के हो ? अनुसन्धानमा जुट्यो प्रहरी
रविको भनिएको भाइरल फोटोको वास्तविकता के हो ? अनुसन्धानमा जुट्यो प्रहरी
महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने
महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने
रमेश लेखक वकिल कार्यालयमा, ओली भर्चुअल माध्यमबाट उपस्थित
रमेश लेखक वकिल कार्यालयमा, ओली भर्चुअल माध्यमबाट उपस्थित
एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै
एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै
मौसम पूर्वानुमान : आज देशभरको मौसम सफा रहने
मौसम पूर्वानुमान : आज देशभरको मौसम सफा रहने
बाराको सुधार केन्द्रमा युवकको हत्या, ७ जना पक्राउ
बाराको सुधार केन्द्रमा युवकको हत्या, ७ जना पक्राउ
विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको लिखित सुझाव
विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको लिखित सुझाव
माघदेखि पाँच लाखभन्दा बढी नगद कारोबार गर्न नपाइने, नागरिकलाई पर्नेछ यस्तो असर
माघदेखि पाँच लाखभन्दा बढी नगद कारोबार गर्न नपाइने, नागरिकलाई पर्नेछ यस्तो असर