राज्य नागरिकको पक्षमै हुनुपर्छ : महानिरीक्षक कार्की

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
१४८ पटक हेरिएको
Shares
राज्य नागरिकको पक्षमै हुनुपर्छ : महानिरीक्षक कार्की

सारांश

  • प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले राज्य नागरिकको पक्षमै हुनुपर्ने धारणा राखेका छन् ।
  • शनिबार जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरभित्र युएनओपीएसद्वारा निर्मित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको समुद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले लोकतन्त्रमा राज्य नागरिकको पक्षमा हुने अवस्था रहेकोमा उल्लेख गरे ।
  • उनले लोकतन्त्र बोलेर वा हल्ला गरेर हुने कुरा नभई नागरिकले आफ्नो कर्म, पेशा र व्यवसायीमाथि गर्व गर्नसक्ने अवस्था रहेको बताए ।

 

जनकपुर ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले राज्य नागरिकको पक्षमै हुनुपर्ने धारणा राखेका छन् । शनिबार जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरभित्र युएनओपीएसद्वारा निर्मित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको समुद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले लोकतन्त्रमा राज्य नागरिकको पक्षमा हुने अवस्था रहेकोमा उल्लेख गरे ।

उनले लोकतन्त्र बोलेर वा हल्ला गरेर हुने कुरा नभई नागरिकले आफ्नो कर्म, पेशा र व्यवसायीमाथि गर्व गर्नसक्ने अवस्था रहेको बताए । मजदुरले मजदुरी गरेर जीवन निर्वाह गर्दा पनि खुसी हुनसक्ने र एउटा चिकित्सकले बिरामी जाँचेर पनि सोही खुसी अनुभूती गर्ने वातावरणलाई लोकतन्त्र मानिने प्रहरी महानिरीक्षक कार्कीको भनाई छ ।  उनले एकै ठाउँमा समान रुपमा हरेक पेशा, धर्म, जातजातीलाई सम्बोधन गर्न सकिने वातावरण निर्माण गर्न र सो वातावरण कायम राख्नु आम नागरिक र प्रहरीको जिम्मेवारी रहेकोमा जोड दिए । प्रहरी महानिरीक्षक कार्कीले कानुनी शासनमा बदमासहरु डराउनुपर्ने र सज्जनहरु भयरहित वातावरणमा हिँडडुल गर्न पाउनुपर्ने वातावरण निर्माण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए । प्रहरीलाई कुनै एक पक्ष वा चिनजान अथवा कसैको दबाबमा आएर अन्यायतर्फको झुकावमा नपर्न महानिरीक्षक कार्कीले आग्रह गरे ।

समाज र राष्ट्रमा सन्तुलन कायम राख्न सर्वसाधारण र प्रहरी प्रशासनलाई मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । जिल्ला प्रहरी कार्यालय धनुषामा ४ करोड ७१ लाख रुपैयाँको लगानिमा महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र र प्रहरी आवास भवनका साथै सोलार लाईट जडान गरिएको छ ।  प्रहरी महानिरीक्षक कार्कीले उद्घाटन गरेको भवनमा परामर्श कक्ष, पीडित कक्ष, बालबालिका कक्ष रहेको छ । यस भवनले पीडितहरुलाई ट्रान्जिट स्पटका रुपमा केही दिन बस्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।  यसअघि कुनै पीडितलाई केही दिनका लागि राख्नुपर्दा जिल्ला प्रहरी कार्यालयले विभिन्न सामाजिक संस्था तथा एनजीओहरुको जिम्मा लगाउने गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?