कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस् : प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ १८, २०८१
|
|
३० पटक हेरिएको
Shares
कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस् :  प्रधानमन्त्री ओली

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले कसैसँग दम भए आफूले भ्रष्टाचार गरेको एउटा कुरा ल्याउन चुनौती दिएका छन्।
  • शुक्रबार प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
  • उनले भने, ‘म दावासाथ भन्छु, दुनियाँको अगाडि उभिएर भन्छु, भ्रष्टाचार गर्दिनँ, कसैसँग दम छ भने भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कसैसँग दम भए आफूले भ्रष्टाचार गरेको एउटा कुरा ल्याउन चुनौती दिएका छन्। शुक्रबार प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले भने, ‘म दावासाथ भन्छु, दुनियाँको अगाडि उभिएर भन्छु, भ्रष्टाचार गर्दिनँ, कसैसँग दम छ भने भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस्।’

ओलीले संसदको पाँचौं अधिवेशन वजनदार होस् भन्ने सरकारको अपेक्षा रहेको बताए। ‘झुटा आरोप र लान्छनामा संसद केन्द्रित नहोस्, देशको विकास र सुशासनको पक्षमा सरकारलाई गम्भीर सुझाव दिनुहोस्,’ उनले भने। उनले संसद सबैको विचार व्यक्त गर्ने ठाउँ रहेको भन्दै यहाँ सबैले थिति, विधि र नियमअनुसार अभिव्यक्ति राख्नुपर्ने बताए। उनले सरकारले कहीँ आलोचनायोग्य काम गरेको नपाएको बताए। कसैले पनि सन्तोषजनक काम गरेको भनेर कसैले नभनेको बरू हावादारी कुरा गरिरहेको बताए।

‘कसैले स्वीस बैंकमा यति अर्ब राखेको छ, टेलिकममा यति अर्ब राखेको, यसमा यति अर्ब राखेको छ भन्दै हिँडे, पहिले पशुपतिमा सुन भनेर पित्तल राख्यो भनेर कराउनेहरू पनि यतैतिर लागिपरेका छन्,’ उनले भने। सरकारको आलोचना गर्ने काम कसैले नै नगरेको भन्दै उनले सरकारका काम कारबाहीको रचनात्मक आलोचना हुन जरुरी रहेको बताए। ‘गलत कामबाट रोक्न टिप्पणी आलोचना गर्नुहोस्, चरित्रहत्या गर्नेगरी कपोलकल्पिच, निराधार हल्ला गर्नु र तिनको पछाडि लाग्नु गलछ छ,’ उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनसुन थप सक्रिय हुँदै, आउँदो साता धेरै ठाउँमा वर्षा हुने
मनसुन थप सक्रिय हुँदै, आउँदो साता धेरै ठाउँमा वर्षा हुने
२ लाख ९ हजार बढी थपिए नयाँ मतदाता
२ लाख ९ हजार बढी थपिए नयाँ मतदाता
लागुऔषधसहित एक युवक पक्राउ
लागुऔषधसहित एक युवक पक्राउ
अनुसन्धान र नवप्रवद्र्धनको लागि बलियो मन्त्रालय बनाउन महावीर पुनको सुझाव
अनुसन्धान र नवप्रवद्र्धनको लागि बलियो मन्त्रालय बनाउन महावीर पुनको सुझाव
सहकारी पीडितले भोलिदेखि फेरि आन्दोलन सुरु गर्दै
सहकारी पीडितले भोलिदेखि फेरि आन्दोलन सुरु गर्दै
प्रहरीको लापरबाहीले दुर्घटना बढेको भन्दै सुर्खेतमा आन्दोलन
प्रहरीको लापरबाहीले दुर्घटना बढेको भन्दै सुर्खेतमा आन्दोलन
सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन
सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
नेकपा बैठकका ७ बुँदे निर्णय सार्वजनिक
नेकपा बैठकका ७ बुँदे निर्णय सार्वजनिक
गिरिजा प्रसाद कोइराला फाउण्डेसनद्वारा सन्तोषलाई रोमानिया खेलकुद संयोजकमा मनोनयन
गिरिजा प्रसाद कोइराला फाउण्डेसनद्वारा सन्तोषलाई रोमानिया खेलकुद संयोजकमा मनोनयन