सेयर बजारले नाघ्यो २७ सय अंक, एक महिनाकै उच्च

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ४, २०८३
|
|
३०१ पटक हेरिएको
Shares
सेयर बजारले नाघ्यो २७ सय अंक, एक महिनाकै उच्च

सारांश

  • सेयर बजारले वृद्धिलाई निरन्तरता दिएको छ ।
  • अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंक बढेको बजार यो साताको सुरुवातको दिन सोमबार ४१.
  • ७० अंक (१.

४ साउन, काठमाडौं ।

सेयर बजारले वृद्धिलाई निरन्तरता दिएको छ । अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंक बढेको बजार यो साताको सुरुवातको दिन सोमबार ४१.७० अंक (१.५५ प्रतिशत) बढेको छ । लगातार दुई कारोबार दिनमै सेयर बजार १२० अंक बढेको छ । आजको वृद्धिसँगै नेप्से परिसूचक २७१९ अंकमा कायम भएको छ । आजको यो अंक एक महिनाकै उच्चतम हो । जेठ २९ गते २७२४ अंकमा रहेको नेप्से त्यसयताकै उच्चतम अंक सोमबार छोएको छ । दिनभरजसो बजार हरियो रह्यो । बन्द हुँदाको नेप्सेको अंक कारोबार अवधिभरको उच्चतम अंक पनि हो । यो सहित लगातार पाँचौं दिन बजार बढेको हो ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ५ अर्ब १५ करोडको भयो । आज २३९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ५ को स्थिर रह्यो । उत्पादन तथा प्रशोधन समूह आज सबैभन्दा धेरै ३.२१ प्रतिशत बढ्यो । त्यस्तै अन्य समूह २.८१, जलविद्युत् २.७९, बैंकिङ ०.५५, विकास बैंक १.४८, फाइनान्स ०.९३, होटल तथा पर्यटन १.९८, लगानी १.५५, जीवन बीमा ०.८४, माइक्रोफाइनान्स ०.३७, निर्जीवन बीमा ०.४४ तथा व्यापार समूह १.१४ प्रतिशत बढे ।

हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो । रिजलाइन इनर्जीको १३.९५, श्रीनगर एग्रिटेकको १०.९५, सोलु हाइड्रोपावरको ९.९३, दिव्यश्वरी हाइड्रोपावरको ८.६२, हाथवे इन्भेस्टमेन्टको ८.६१ तथा शिखर पावरको ७.८३ प्रतिशत मूल्य बढ्यो । आत्मनिर्भर लघुवित्तको मूल्य ६.८६ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ६.८५ प्रतिशत घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालय रिइन्स्योरेन्स छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागीका घटना बढ्दै, ३८ घटनामा तीनको मृत्यु
आगलागीका घटना बढ्दै, ३८ घटनामा तीनको मृत्यु
सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध
सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध
सर्लाही र सिराहामा करेन्ट लागेर दुई जनाको मृ*त्यु
सर्लाही र सिराहामा करेन्ट लागेर दुई जनाको मृ*त्यु
गाजामा युद्धविराम सम्भावना : हमासले बन्धक मुक्त र इजरायलले कैदीहरू रिहा गर्ने
गाजामा युद्धविराम सम्भावना : हमासले बन्धक मुक्त र इजरायलले कैदीहरू रिहा गर्ने
विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा  समस्या देखिएपछि काठमाडौँ फर्कियो
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौँ फर्कियो
महाकालीमा जलसतह खतराभन्दा माथि, शारदा ब्यारेजमा ४ पाङ्ग्रे गाडी बन्द
महाकालीमा जलसतह खतराभन्दा माथि, शारदा ब्यारेजमा ४ पाङ्ग्रे गाडी बन्द
विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना : मन्त्री घिसिङ
विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना : मन्त्री घिसिङ
एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह
एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह
आजको मौसमःयी स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना
आजको मौसमःयी स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना