विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण २७, २०८१
|
|
५४ पटक हेरिएको
Shares
विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी

सारांश

  • नेपाल विद्युत् प्राधिकरणले विगत आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावट आधा घटाएको छ ।
  • आर्थिक वर्ष (आव) २०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१ मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको प्राधिकरणले जनाएको छ ।
  • विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ ३ दशमलव ३३ प्रतिशत र वितरणतर्फ ९ दशमलव ४० प्रतिशत रहेको छ ।

 

२७ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विगत आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावट आधा घटाएको छ ।

आर्थिक वर्ष (आव) २०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१ मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको प्राधिकरणले जनाएको छ । विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ ३ दशमलव ३३ प्रतिशत र वितरणतर्फ ९ दशमलव ४० प्रतिशत रहेको छ । आठ वर्षअघि २५ दशमलव ७८ प्रतिशत चुहावटमध्ये १९ दशमलव ८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो । विद्युत् चुहावटलाई आव २०७३/७४ मा २२ दशमलव ९० प्रतिशत, २०७४/७५ मा २० दशमलव ४५ प्रतिशत, २०७५/७६ मा १५ दशमलव ३२ प्रतिशत, २०७६/७७ मा १५ दशमलव २७ प्रतिशतमा झारिएको थियो । आव २०७७/७८ मा भने चुहावट बढेर १७ दशमलव १८ प्रतिशत पुगेको थियो । त्यसपछि चुहावटलाई आव २०७८/७९ मा १५ दशमलव ३८ र आव २०७९/८० मा १३ दशमलव ४६ प्रतिशतमा झारिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर आठ वर्षको अवधिमा चुहावट नियन्त्रणमा ठूलो सफलता हासिल भएको बताए । घिसिङले लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उल्लेख गरे । ‘प्रणालीमा विद्युत् चुहावट हुँदा प्रत्यक्ष रूपमा अरबौं रकम आम्दानी गुमिरहेको थियो, प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट वितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रूपमा घटी यो अनुपात छिमेकी देशहरूभन्दा कम भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

‘चुहावट नियन्त्रणबाट मात्र यस अवधिमा प्रतिवर्ष करिब १२ अर्व रुपैयाँ थप आम्दानी भएको छ, गुमिरहेको रकम उठाउन सफलता मिल्दा यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको नाफामा देखिएको छ, नाफाबाट आर्जन भएको रकमलाई प्रणाली विस्तार र सुधारमा लगानी गरिरहेका छौं, अब चुहावटलाई एकल अङ्क (सिङ्गल डिजिट)मा झार्ने लक्ष्य राखी काम अगाडि बढाइरहेका छौं ।’ आव २०७२/७३मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले आव २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यसपछि निरन्तर नाफामा रहेको प्राधिकरणको नाफा गत आवमा १३ अर्ब ३१ करोड रुपैयाँ (अन्तिम लेखापरीक्षण हुन बाँकी) पुगेको छ । आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण गत आवमा ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन सञ्चालन, सबस्टेसन क्षमता वृद्धि तथा सुदृढीकरण, कन्डक्टर थप्ने,ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज तथा स्मार्ट मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायत कदमले प्राविधिक चुहावट नियन्त्रण भएको  हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विमानस्थलमा उद्धार अभ्यास (तस्वीरहरू)
त्रिभुवन विमानस्थलमा उद्धार अभ्यास (तस्वीरहरू)
त्रिविमा सुरक्षा व्यवस्था मिलाउन शिक्षामन्त्रीको माग
त्रिविमा सुरक्षा व्यवस्था मिलाउन शिक्षामन्त्रीको माग
आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृतसहित २ जना विरुद्ध भ्रष्टाचार मुद्दा
आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृतसहित २ जना विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँमा बढ्यो चिसो, उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मुनि
काठमाडौँमा बढ्यो चिसो, उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मुनि
गृहमन्त्री गुरुङको गुनासो- घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं
गृहमन्त्री गुरुङको गुनासो- घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं
काठमाडौंको जमलमा तीन वटा सवारी आपसमा ठोक्किए
काठमाडौंको जमलमा तीन वटा सवारी आपसमा ठोक्किए
बन्दसूची संशोधन गर्न दलहरूलाई आयोगको ७ दिनको समय
बन्दसूची संशोधन गर्न दलहरूलाई आयोगको ७ दिनको समय
मकवानपुरमा महिला गोल्डकप बैशाख १९ देखि
मकवानपुरमा महिला गोल्डकप बैशाख १९ देखि
‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’
‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई