जलवायु परिवर्तन र जैविक विविधता संरक्षणसम्बन्धी प्रशिक्षण 

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २१, २०८२
|
|
१०८ पटक हेरिएको
Shares
जलवायु परिवर्तन र जैविक विविधता संरक्षणसम्बन्धी प्रशिक्षण 

सारांश

  • कार्यक्रममा जलवायु परिवर्तनले महिलाको जीवनयापनमा पार्ने असर, कृषि उत्पादनमा देखिएका चुनौतीहरू तथा जैविक विविधता संरक्षणमा महिलाको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।
  • बागमती प्रदेश सभा सदस्य भारती पाठकले असामान्य वर्षा, लामो खडेरी, बाढी, डुबान, शीतलहर र अत्यधिक गर्मीले खाद्य सुरक्षा र महिलाको दैनिक जीवनमा प्रत्यक्ष असर पारिरहेको तथ्याङ्कसहित प्रस्तुती दिनुभयो।
  • जलवायु विशेषज्ञ हेम पाठकले मौसम र जलवायुबीचको भिन्नता स्पष्ट गर्दै विश्वव्यापी असरबारे जानकारी दिनुभयो।

सर्लाहीको मलङ्गवामा सोमबार जिल्ला समन्वय समिति सभाहलमा महिला जनप्रतिनिधिहरूका लागि जलवायु परिवर्तन र जैविक विविधता संरक्षणसम्बन्धी जिल्ला स्तरीय प्रशिक्षण तथा संवाद कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जलवायु परिवर्तनले महिलाको जीवनयापनमा पार्ने असर, कृषि उत्पादनमा देखिएका चुनौतीहरू तथा जैविक विविधता संरक्षणमा महिलाको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।

बागमती प्रदेश सभा सदस्य भारती पाठकले असामान्य वर्षा, लामो खडेरी, बाढी, डुबान, शीतलहर र अत्यधिक गर्मीले खाद्य सुरक्षा र महिलाको दैनिक जीवनमा प्रत्यक्ष असर पारिरहेको तथ्याङ्कसहित प्रस्तुती दिनुभयो। जलवायु विशेषज्ञ हेम पाठकले मौसम र जलवायुबीचको भिन्नता स्पष्ट गर्दै विश्वव्यापी असरबारे जानकारी दिनुभयो। उहाँले मानव क्रियाकलापका कारण बढ्दो हरितगृह ग्यास उत्सर्जनले जलवायु संकट गहिरिँदै गएको उल्लेख गर्नुभयो।

जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष कौशल किशोर सिंहको अध्यक्षता तथा प्रदेश सभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बरहथवा नगर प्रमुख कल्पना कटुवालसहित विभिन्न पालिकाका महिला जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिहरूले स्थानीय तहमा अपनाइएका न्यूनीकरण तथा अनुकूलनका उपायबारे अनुभव आदान–प्रदान गरेका थिए।

महिला अधिकार तथा स्रोत सञ्जालको आयोजनामा तथा संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (FAO) को सहयोगमा सम्पन्न प्रशिक्षणले महिलालाई जलवायु परिवर्तन र जैविक विविधता संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी परिचालन
सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी परिचालन
वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ : होटलमा बसेका थिए २ युवती र ३ पुरुष
वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ : होटलमा बसेका थिए २ युवती र ३ पुरुष
मधेशको मुख्यमन्त्री कार्यालयबाट स्वच्छता र सफ्टवेयर खरिदका फाइलहरू अख्तियारको नियन्त्रणमा
मधेशको मुख्यमन्त्री कार्यालयबाट स्वच्छता र सफ्टवेयर खरिदका फाइलहरू अख्तियारको नियन्त्रणमा
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध एमाले अगाडि बढेको छ : महासचिव पोखरेल
मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध एमाले अगाडि बढेको छ : महासचिव पोखरेल
शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु ः प्रचण्ड
शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु ः प्रचण्ड
चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न पाँचजना पक्राउ
चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न पाँचजना पक्राउ
खोलामा नुहाउने क्रममा कैलालीमा चार किशोरको मृत्यु
खोलामा नुहाउने क्रममा कैलालीमा चार किशोरको मृत्यु
कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी
कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी
मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त
मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त