Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राष्ट्र बैंकले चार अर्ब ५३ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
३६ पटक हेरिएको
Shares
राष्ट्र बैंकले चार अर्ब ५३ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

सारांश

  • नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको चार अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
  • केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।
  • केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो ।

 

१३ चैत, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको चार अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो ।

बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा तीन अर्ब ६२ करोड ५५ लाख, ‘ख’ वर्गका बैंकले ६७ करोड ९७ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २२ करोड ६५ लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो । बैंकले बिहीबार राती १२ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । मुद्दती निक्षेपमा अप्रिल १५, २०२५ देखि अप्रिल १५, २०२६ सम्म ३६६ दिनका लाग राखिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने लगायत शर्त राखिएको छ । खुद तरल सम्पत्ति बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको लगायतका शर्त राखिएको छ । बैंक तथा वित्तीय संस्थाले अन्य थप शर्त राखी प्रस्ताव पेश गर्न पाउने छैनन् । यदि थप शर्त राखेर प्रस्ताव भएको अवस्थामा त्यस्तो शर्त मान्य हुने छैन । कोषको रकम लगानी गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक अवकाश कोष व्यवस्थापन समितिले गरेको निर्णय अन्तिम हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज राति तराई र पहाडमा तीव्र वेगको हुरी चल्ने सम्भावना, सुन्तला र पहेँलो रङसहित चेतावनी जारी
आज राति तराई र पहाडमा तीव्र वेगको हुरी चल्ने सम्भावना, सुन्तला र पहेँलो रङसहित चेतावनी जारी
बागमती र गण्डकीका केही ठाउँमा भारी वर्षा हुने, तराई-मधेशमा हावाहुरी
बागमती र गण्डकीका केही ठाउँमा भारी वर्षा हुने, तराई-मधेशमा हावाहुरी
६६६ बिचौलियालाई नियन्त्रणमा, ४६५ सुकुमवासीलाई राहत
६६६ बिचौलियालाई नियन्त्रणमा, ४६५ सुकुमवासीलाई राहत
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै
फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ
फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ
रास्वपाले गर्‍यो हरि कँडेललाई निलम्बन, आराेप पुष्टि भएमा थप कारबाही हुने
रास्वपाले गर्‍यो हरि कँडेललाई निलम्बन, आराेप पुष्टि भएमा थप कारबाही हुने
नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच ५ बुँदे सहमति
नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच ५ बुँदे सहमति
पाकिस्तानमा प्रहरी र आतंकवादीबीच भिडन्त, १० जना आतंकवादीको मृत्यु
पाकिस्तानमा प्रहरी र आतंकवादीबीच भिडन्त, १० जना आतंकवादीको मृत्यु
कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला
कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९५२ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९५२ जनालाई कारबाही