राज्य व्यवस्थाको सभापतिबारे निर्णय गर्न देउवाले बोलाए बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ९, २०८२
|
|
२७ पटक हेरिएको
Shares
राज्य व्यवस्थाको सभापतिबारे निर्णय गर्न देउवाले बोलाए बैठक

सारांश

  • राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवारबारे निर्णय गर्न नेपाली कांग्रेसका पदाधिकारीहरुको अनौपचारिक बैठक बस्दै छ ।
  • बैठक बिहान १० बजेपछि पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो ।
  • बैठकमा दुई उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई बोलाइएको छ ।

९ भदौ, काठमाडौं ।

राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवारबारे निर्णय गर्न नेपाली कांग्रेसका पदाधिकारीहरुको अनौपचारिक बैठक बस्दै छ । बैठक बिहान १० बजेपछि पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो । बैठकमा दुई उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई बोलाइएको छ ।

कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएदेखि उक्त पद रिक्त छ । पद रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले आज जसरी भए पनि निर्वाचन गर्नुपर्ने हुन्छ । त्यसैले सभामुख देवराज घिमिरे कांग्रेसबाट आजै सभापतिको उम्मेदवारको नाम आउने प्रतीक्षामा छन् ।

कांग्रेस नेताहरुको आजको बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनबारे पनि छलफल हुनसक्ने एक नेताले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा
पहिलोपटक नेपालबाट बंगलादेशमा विद्युत निर्यात हुन थालेको खबरले हर्षित बनाएको छ : प्रचण्ड
पहिलोपटक नेपालबाट बंगलादेशमा विद्युत निर्यात हुन थालेको खबरले हर्षित बनाएको छ : प्रचण्ड
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह
देशभित्रको अशान्ति र पश्चिम एसिया द्वन्द्वले नेपालको आर्थिक वृद्धि सुस्त : एडीबी
देशभित्रको अशान्ति र पश्चिम एसिया द्वन्द्वले नेपालको आर्थिक वृद्धि सुस्त : एडीबी
खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट
खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट
हाम्रा आयोजनाको अवस्था बेहाल छ : गगन थापा
हाम्रा आयोजनाको अवस्था बेहाल छ : गगन थापा
 आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने छ : प्रधानमन्त्री
 आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने छ : प्रधानमन्त्री
बाढीले विद्युत् सेवा अवरुद्ध, २५० परिवार अन्धकारमा
बाढीले विद्युत् सेवा अवरुद्ध, २५० परिवार अन्धकारमा
भारतीय समकक्षी मोदीसँग कार्कीको २० मिनेट कुराकानी
भारतीय समकक्षी मोदीसँग कार्कीको २० मिनेट कुराकानी