किशोरी बलात्कारको आरोपमा २ युवा पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १२, २०८२
|
|
२३ पटक हेरिएको
Shares
किशोरी बलात्कारको आरोपमा २ युवा पक्राउ

सारांश

  • दुई किशोरी बलात्कार गरेको आरोपमा संखुवासभा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
  • संखुवासभाको चिचिला गाउँपालिका–२ घर भएका ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका–३ का २८ वर्षीय प्रकाश राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
  • खाजा खाने, घुम्न जाने भन्दै मोटरसाइकलमा राखेर खाँदबारीको एक होटलमा लगेर बलात्कार गरेको आरोप उनीहरूमाथि लागेको हो।

 

१२ जेठ, संखुवासभा ।

दुई किशोरी बलात्कार गरेको आरोपमा संखुवासभा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। संखुवासभाको चिचिला गाउँपालिका–२ घर भएका ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका–३ का २८ वर्षीय प्रकाश राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

खाजा खाने, घुम्न जाने भन्दै मोटरसाइकलमा राखेर खाँदबारीको एक होटलमा लगेर बलात्कार गरेको आरोप उनीहरूमाथि लागेको हो। उनीहरू जेठ ७ गते खाँदबारी बजार घुम्न आएका थिए। १६ र १७ वर्षीया बालिकालाई ललाइफकाई बलात्कार गरेको उजुरीपछि पक्राउ गरिएको प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले बताए। पीडित किशोरीद्वयकोतर्फबाट जाहेरी परेपछि प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ