राष्ट्रिय सभा निर्वाचनमा २०४३ मतदाता, हेर्नुहोस् सातै प्रदेशका मतदाता र मतभार (सूचीसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १०, २०८२
|
|
२४ पटक हेरिएको
Shares
राष्ट्रिय सभा निर्वाचनमा २०४३ मतदाता, हेर्नुहोस् सातै प्रदेशका मतदाता र मतभार (सूचीसहित)

सारांश

  • राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन भएको छ ।
  • निर्वाचन आयोगले आयोगबाट स्वीकृत भएको प्रारम्भिक मतदाता नामावली सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरेको हो ।
  • आगामी ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।

१० पुस, काठमाडौं ।

राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन भएको छ । निर्वाचन आयोगले आयोगबाट स्वीकृत भएको प्रारम्भिक मतदाता नामावली सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरेको हो ।आगामी ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुनेछन् ।

यसअनुसार प्रदेश सभा सदस्य ५४५ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४३ जनाको प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको छ । आयोगका अनुसार स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यमध्ये अदालतको आदेश बमोजिम पदमुक्त भएका एक जना र निलम्बनमा परेका चार जना गरी जम्मा पाँच जना प्रदेश सभा सदस्य तथा स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एक जना र निलम्बनमा रहेका सात जना गरी जम्मा आठ जना स्थानीय तहका पदाधिकारीको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन । प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण
आज दुई संसदीय समितिको बैठक बस्दै
आज दुई संसदीय समितिको बैठक बस्दै
जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने
जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने
हमास ३४ बन्धकलाई रिहा गर्न तयार, सम्झौताका लागि इजरायलसँग वार्ता
हमास ३४ बन्धकलाई रिहा गर्न तयार, सम्झौताका लागि इजरायलसँग वार्ता
सिके राउतले हाले सम्बन्धविच्छेदको मुद्दा
सिके राउतले हाले सम्बन्धविच्छेदको मुद्दा
त्रिदेशीय टी-२०आई शृंखला : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
त्रिदेशीय टी-२०आई शृंखला : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
गण्डकीमा मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत
गण्डकीमा मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत
झोलुङ्गे पुलको पर्खाल भत्किँदा रोल्पामा  ४ जनाको मृत्यु
झोलुङ्गे पुलको पर्खाल भत्किँदा रोल्पामा ४ जनाको मृत्यु
आजको मौसम : यी प्रशेमा भारी वर्षको सम्भावना
आजको मौसम : यी प्रशेमा भारी वर्षको सम्भावना
फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान
फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान