सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

२३ जिल्लामा राति सवारी चलाउन रोक, घरदेखि टाढा र राति यात्रा नगर्नू

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २, २०८३
|
|
२५५ पटक हेरिएको
Shares
२३ जिल्लामा राति सवारी चलाउन रोक, घरदेखि टाढा र राति यात्रा नगर्नू

सारांश

  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अति भारीको वर्षाको पूर्वानुमान रहेको भन्दै उच्च सतर्कताका लागि आग्रह गरेको छ ।
  • जल तथा मौसम विज्ञान विभागले आज र भोलि विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान जारी गरेसँगै प्राधिकरणले सचेत रहन भनेको हो ।
  •  भारी वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी कार्य गर्न/गराउन सम्बन्धित सबैलाई भनेको छ ।

२ साउन, काठमाडौं ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अति भारीको वर्षाको पूर्वानुमान रहेको भन्दै उच्च सतर्कताका लागि आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान जारी गरेसँगै प्राधिकरणले सचेत रहन भनेको हो । भारी वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी कार्य गर्न/गराउन सम्बन्धित सबैलाई भनेको छ ।  आज र भोलि अत्यन्त जरुरी नभई घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न पनि प्राधिकरणको आग्रह छ ।

मौसम विभागले भन्यो– आज र भोलि अति भारी वर्षाको सम्भावना छ, सतर्क रहनू

पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी, स्याङ्जामा रातिको समयमा सवारी आवागमनमा रोक लगाइने भएको छ । परिस्थिति अनुसार जुनसुकै बेला सवारी आवागमन बन्द गर्न सकिने प्राधिकरणले प्रस्ट पारेको छ । “तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहनेछन्,” प्राधिकरणले भनेको छ, “जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायत साधनहरू तयारी अवस्थामा राखिनेछ ।”

मनसुन प्रणाली थप सक्रिय, आजबाट मंगलबारसम्म अति भारी वर्षाको सम्भावना

जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकले पूर्वसूचना/चेतावनीअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्राधिकरणले निर्देशन दिएको छ । “अकस्मात बाढी आउनसक्ने खोला, खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला/नदी किनाराका बस्तीका बासिन्दाहरू बढी चनाखो हुनुपर्नेछ,” प्राधिकरणले भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौसम पूर्वानुमान : देशभर गर्मी बढ्ने, दुई प्रदेशमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान : देशभर गर्मी बढ्ने, दुई प्रदेशमा वर्षाको सम्भावना
देउवा भेट्न पुगे शेखर, के भयो कुराकानी ?
देउवा भेट्न पुगे शेखर, के भयो कुराकानी ?
त्रिभुवन विमानस्थल खुल्ने समय बढ्यो, एयरलाइन्सले झिके भैरहवा उडान
त्रिभुवन विमानस्थल खुल्ने समय बढ्यो, एयरलाइन्सले झिके भैरहवा उडान
मनाङगाउँमा गुरु फुन्चोक रिम्पुछेले निर्माण गर्नु भएको मिलेरेपा पार्क
मनाङगाउँमा गुरु फुन्चोक रिम्पुछेले निर्माण गर्नु भएको मिलेरेपा पार्क
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
नेप्सेमा समान्य वृद्धि, ६ अर्ब २० करोडको कारोबार
नेप्सेमा समान्य वृद्धि, ६ अर्ब २० करोडको कारोबार
हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँड
हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँड
‘डेडिकेटेड लाइन’ विवाद : सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
‘डेडिकेटेड लाइन’ विवाद : सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
वीरगन्ज सुक्खा बन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
वीरगन्ज सुक्खा बन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु
रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु