जाजरकोटमा सेनाले बोकेर पुर्यायो पहिरोपीडितका लागि राहत सामग्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ५, २०८३
|
|
६८ पटक हेरिएको
Shares
जाजरकोटमा सेनाले बोकेर पुर्यायो पहिरोपीडितका लागि राहत सामग्री

सारांश

  • जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढी तथा पहिरोबाट विस्थापित भएका स्थानीयका लागि नेपाली सेनाले बोकेर राहत सामग्री पुर्याएको छ ।
  • पहिरोले यातायात सञ्चालन हुने सडक नै बगाएपछि सदरमुकामबाट सवारीसाधनमार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन समस्या भएको थियो ।
  • सडक अवरुद्ध भएपछि नेपाली सेनाको भवानी दल गणले राहत सामग्री बोकेर रिसाङ तथा आसपासका प्रभावित बस्तीमा पुर्याएको हो ।

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढी तथा पहिरोबाट विस्थापित भएका स्थानीयका लागि नेपाली सेनाले बोकेर राहत सामग्री पुर्याएको छ ।

पहिरोले यातायात सञ्चालन हुने सडक नै बगाएपछि सदरमुकामबाट सवारीसाधनमार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन समस्या भएको थियो ।

सडक अवरुद्ध भएपछि नेपाली सेनाको भवानी दल गणले राहत सामग्री बोकेर रिसाङ तथा आसपासका प्रभावित बस्तीमा पुर्याएको हो ।

आजै भवानी दल गणमा कार्यरत महिला सैनिकहरूले समेत रिसाङ र आसपासका पहिरो प्रभावित स्थानीयका लागि राहत सामग्री बोकेर ढुवानी गर्न तथा वितरणमा सहयोग गरेका छन् । सडकको पहुँच नहुँदा पैदलमार्फत जोखिमपूर्ण बाटो हुँदै राहत सामग्री प्रभावित बस्तीमा पुर्याइएको नेपाली सेनाले जनाएको छ ।

बाढी तथा पहिरोका कारण विस्थापित स्थानीयहरू विद्यालय तथा अस्थायी आश्रयस्थलमा बसिरहेका छन् । सडक अवरुद्ध हुँदा खाद्यान्न, त्रिपाल, कम्बललगायत अत्यावश्यक सामग्री प्रभावितसम्म पुर्याउन कठिनाइ भइरहेको अवस्थामा सेनाको सहयोगले राहत वितरणमा सहजता भएको स्थानीयले बताएका छन् ।

पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सुरक्षा निकाय, स्थानीय तह र अन्य निकायले समेत निरन्तर काम गरिरहेका छन् । जोखिमपूर्ण अवस्थामा रहेका स्थानीयलाई सुरक्षित स्थानमा राख्ने तथा आवश्यक राहत सामग्री उपलब्ध गराउने कामलाई प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
एसिसी महिला प्रिमियर कप : नेपालको दोस्रो जित
एसिसी महिला प्रिमियर कप : नेपालको दोस्रो जित
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा
आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो
आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो
एमाले सचिवालय बैठकः विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा
एमाले सचिवालय बैठकः विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा
माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे पनि छलफल
माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे पनि छलफल
कालिमाटीमा गोली लागेका सुवेदीको पनि निधन, परिवार शोकमा
कालिमाटीमा गोली लागेका सुवेदीको पनि निधन, परिवार शोकमा
राजावादीको आन्दोलनमा घुसपैठ भएको भन्दै एक पक्राउ
राजावादीको आन्दोलनमा घुसपैठ भएको भन्दै एक पक्राउ
ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प
ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प
तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक गर्छौं: मानवअधिकार आयोग
तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक गर्छौं: मानवअधिकार आयोग