एन्फाको वार्षिक बजेट डेढ अर्ब

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
३५ पटक हेरिएको
Shares
एन्फाको वार्षिक बजेट डेढ अर्ब

सारांश

  • अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० बजेट साधारणसाभामा पेस गर्ने निर्णय गरेको छ ।
  • एन्फाको दुई दिन बसेको कार्यसमितिको बैठकले आगामी वैशाख २६ गते साधारणसभा गर्ने निर्णय गर्दै उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि उक्त रकम पेस गर्ने निर्णय गरेको एन्फाद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
  • एन्फाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन पनि कार्यसमितिबाट पारित गरेर साधारणसभामा पेस गर्ने निर्णय गरेको छ ।

१३ चैत, काठमाडौँ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० बजेट साधारणसाभामा पेस गर्ने निर्णय गरेको छ । एन्फाको दुई दिन बसेको कार्यसमितिको बैठकले आगामी वैशाख २६ गते साधारणसभा गर्ने निर्णय गर्दै उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि उक्त रकम पेस गर्ने निर्णय गरेको एन्फाद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
एन्फाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन पनि कार्यसमितिबाट पारित गरेर साधारणसभामा पेस गर्ने निर्णय गरेको छ । कार्यसमितिको बैठकले पियुष न्यौपानेलाई अन्तरराष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले म्याट रसलाई राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।  यस्तै एन्फाले पूर्वअध्यक्ष गणेश थापाले फिफाको निर्देशन उल्लङ्घन गरेको लगायत अन्य गतिविधिमाथि आवश्यक अनुसन्धान तथा छानबिन गरी कारबाही गर्न फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा सङ्घको न्यायिक निकायमा आवश्यकताअनुसार पत्राचार गर्ने निर्णय गरेको छ ।

त्यस्तै, एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य व्यक्तिउपर गम्भीर प्रकृतिका उजुरीलाई सम्बन्धित निकायमा छानबिन गरी निर्णयका लागि पत्राचार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानको हिमपहिरोमा हराएकामध्ये चार जनाको श*व फेला
पाकिस्तानको हिमपहिरोमा हराएकामध्ये चार जनाको श*व फेला
इजरायलद्वारा ‘वेस्ट बैंक’ मा ठूलो आक्रमण, कम्तीमा ११ जनाको ज्यान गयो
इजरायलद्वारा ‘वेस्ट बैंक’ मा ठूलो आक्रमण, कम्तीमा ११ जनाको ज्यान गयो
२०८२ को पहिलो कारोबार बढ्यो सेयर बजार
२०८२ को पहिलो कारोबार बढ्यो सेयर बजार
आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’
आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’
नवलपरासीमा आल्मुनियम रड उत्पादन गर्ने उद्योग सञ्चालन
नवलपरासीमा आल्मुनियम रड उत्पादन गर्ने उद्योग सञ्चालन
पाँच बुँदे सहमतिपछि राजन सिंहले गरे अनसन स्थगित
पाँच बुँदे सहमतिपछि राजन सिंहले गरे अनसन स्थगित
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।  जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।  ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ
कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल
कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल
कोशी प्रदेशका ७ ठाउँमा सडक अवरुद्ध, ठाउँठाउँमा बाढी र पहिरोका कारण यात्रा कष्टकर
कोशी प्रदेशका ७ ठाउँमा सडक अवरुद्ध, ठाउँठाउँमा बाढी र पहिरोका कारण यात्रा कष्टकर