Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो । जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १५, २०८२
|
|
७२ पटक हेरिएको
Shares
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।  जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।  ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

सारांश

  • अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले आज देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदैछन् ।
  • यसैबीच ललितपुर जिल्ला प्रशासन कार्यालयमा र्‍याली सहित एमालेका कार्यकर्ताहरू पुगेका छन् ।
  • उनीहरू अहिले ओली पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।

१५ चैत, काठमाडौं ।

अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले आज देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदैछन् । यसैबीच ललितपुर जिल्ला प्रशासन कार्यालयमा र्‍याली सहित एमालेका कार्यकर्ताहरू पुगेका छन् । उनीहरू अहिले ओली पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।

एमालेका कार्यकर्ताहरूले हिजोदेखि नै प्रदर्शन थालेका छन् । शनिबार काठमाडौंको माइतीघर बबरमहल क्षेत्रमा एमाले कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका थिए । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो । जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?