सिमरा अपडेट: बाराका सीडीओबाट जेनजी युवालाई वार्ताको आह्वान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
२७ पटक हेरिएको
Shares
सिमरा अपडेट: बाराका सीडीओबाट जेनजी युवालाई वार्ताको आह्वान

सारांश

  • बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी युवालाई वार्ताको आह्वान गरेका छन् ।
  • जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी प्रजिअ मिश्रले संवादबाटै समस्याको समाधान गर्नु पर्ने भन्दै वार्तामा बस्न आह्वान गरेका छन्।
  • संवादबाटै समाधान खोज्नुपर्छ भनेर बाराका सीडीओले टेलिफोन गर्नु भएको छ ।

४ मंसिर, काठमाडौं ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी युवालाई वार्ताको आह्वान गरेका छन् । जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी प्रजिअ मिश्रले संवादबाटै समस्याको समाधान गर्नु पर्ने भन्दै वार्तामा बस्न आह्वान गरेका छन्। संवादबाटै समाधान खोज्नुपर्छ भनेर बाराका सीडीओले टेलिफोन गर्नु भएको छ ।

उहाँले हामीलाई जिल्ला प्रशासन कार्यालयमा बोलाउनु भएको थियो । हामीले त्यहाँ जान सक्ने अवस्था छैन । तपाईंहरू यहाँ आउनुस् भनेका छौं,’ जेनजी अगुवा उपाध्यायले भने । प्रहरीको लाठीचार्जबाट धेरै जेनजी घाइते भएको भन्दै उपाध्यायले सीडीओ कार्यालयमा आफूहरू आउँदा भीड पनि त्यतै जान सक्ने र त्यसले थप जोखिम निम्त्याउन सक्ने बताए । प्रदर्शनकारीहरूले इलाका प्रहरी कार्यालय सिमरामा वार्ता हुनुपर्ने अडान राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजकाे माैसम : पहाडमा आंशिक बदली, तराई–उपत्यकामा हुस्सु
आजकाे माैसम : पहाडमा आंशिक बदली, तराई–उपत्यकामा हुस्सु
कांग्रेस संसदीय कार्यसमितिको बैठक जारी
कांग्रेस संसदीय कार्यसमितिको बैठक जारी
कैलालीमा जुवाको खालबाट ११ जना पक्राउ
कैलालीमा जुवाको खालबाट ११ जना पक्राउ
प्रध्यानाध्यापकको नमुना बिधालय बनाउने सपना रहयो अधुरो 
प्रध्यानाध्यापकको नमुना बिधालय बनाउने सपना रहयो अधुरो 
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
चितवनका विकास योजना लिएर कांग्रेस-एमालेले भेटे प्रधानमन्त्रीलाई
चितवनका विकास योजना लिएर कांग्रेस-एमालेले भेटे प्रधानमन्त्रीलाई
रवि लामिछानेको मुद्दामा उच्च अदालतले कैफियत प्रतिवेदन माग्यो
रवि लामिछानेको मुद्दामा उच्च अदालतले कैफियत प्रतिवेदन माग्यो
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा
आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा