Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

टीबी शाह यू- १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशलाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३१, २०८२
|
|
४० पटक हेरिएको
Shares
टीबी शाह यू- १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशलाई

सारांश

  • टीबी शाह स्मृति यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ।
  • कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार भएको अन्तिम खेलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेसले उपाधि हात पारेको हो।
  • पहिलो पटक कर्णालीमा भएको १६ वर्षमुनीको टीबी शाह स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले पहिलो ऐतिहासिक उपाधि जित्न सफल भएको हो।

३१ जेठ, वीरेन्द्रनगर।

टीबी शाह स्मृति यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार भएको अन्तिम खेलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेसले उपाधि हात पारेको हो। पहिलो पटक कर्णालीमा भएको १६ वर्षमुनीको टीबी शाह स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले पहिलो ऐतिहासिक उपाधि जित्न सफल भएको हो।

टस हारेर पहिला ब्याटिङको निम्ता पाएको बागमतीले निर्धारित ५० ओभरको खेलमा जम्मा ३३ ओभर मात्र खेल्दा आप्mनो सबै विकेट गुमाउँदै १ सय १२ को सामान्य स्कोर बनायो। बागमतीका लागि ओपनरद्धय सूर्यांशु कोईरालाले ७ बलमा १० जोड्दा प्रशिद्ध जैसी २५ रन बनाउँदै रन आउट भए। परिमर्जन यादवको बलमा सन्तु मण्डललाई क्याच थमाउँदै तेश्रो नम्बरका ब्याटर जोय थापा ६ रन जोडेर डगआउट फर्किँदा सलमान अली मुसलमानबाट बोल्ड हुँदै चौथो नम्बरका शिवशक्ति महतो जम्मा २ रनमा आउट भए। २३ बलमा ४ रन जोडेका अभी थपलिया सलमानको बलमा सन्तु मण्डलबाट क्याच आउट भएपछि बागमति धरापमा परेको थियो।   मिडल अर्डरका रोहित ठाकुरले ४६ बलमा २२ तथा आशिष गुप्ताले १७ रन जोडे।

रोहन यादवले रोहितलाई एलबीडब्ल्यू तथा आशिषलाई बोल्ड गर्दै पवेलियन फर्काएपछि बागमती ब्याटिङ लाईनपनि खस्किदै गयो।त्यसपछिका ब्याटरमध्ये राजेश बोहोरा १ तथा कमल शाहीले नटआउट ४ रन जोडेपनि सुशील सावँद र आसिक थापा रित्तो हात डगआउट फर्किन बाध्य हुँदा बागमतिले २१ रन अतिरिक्त पायो। यस्तै, जवाफी ब्याटिङ उत्रिएको मधेसका लागि उपाधि दिलाउन ओपनर आयान मुखियाले ३३ बलको सामना गर्दै नटआउट २२ तथा पाँचौ अर्डरका सन्तु मण्डलले २२ बलमा ४३ रनको महत्वपूर्ण योगदान दिए। आयानसंगै ओपनिङमा आएका सुशान्त सिंह १५ बलमा १२ रन बनाए। परिमर्जन यादवले ४ रन र माहि यादवले ४ रन बनाएर आउट भए।  नेपाल क्रिकेट संघ (क्यान)को मुख्य आयोजना, कर्णाली प्रादेशिक क्रिकेट संघको सहआयोजना तथा सुर्खेत जिल्ला क्रिकेट संघको व्यवस्थापनमा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेशका टीमहरुको सहभागिता थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ऋणीहरूको सूची सार्वजनिक गरिँदै
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ऋणीहरूको सूची सार्वजनिक गरिँदै
विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा गराए उम्मेदवारी दर्ता
विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा गराए उम्मेदवारी दर्ता
इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो
इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
विदेशको लोभ देखाएर २ करोड ठगी गर्ने संजय पक्राउ
विदेशको लोभ देखाएर २ करोड ठगी गर्ने संजय पक्राउ
प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
बारामा दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ
बारामा दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ
मुग्लिन-पोखरा सडक धमाधम विस्तार गरिँदै
मुग्लिन-पोखरा सडक धमाधम विस्तार गरिँदै
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने
कांग्रेस नेताहरु भन्छन्: निर्वाचन अघि विशेष पछि नियमितमहाधिवेशन गरौं
कांग्रेस नेताहरु भन्छन्: निर्वाचन अघि विशेष पछि नियमितमहाधिवेशन गरौं