संसद्‍मा अनिवार्य उपस्थितिका लागि रास्वपाले बनायो तालिका

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ८, २०८३
|
|
७६ पटक हेरिएको
Shares
संसद्‍मा अनिवार्य उपस्थितिका लागि रास्वपाले बनायो तालिका

सारांश

  • मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले बिहीबार सूचना जारी गर्दै समूहका आधारमा आजदेखि असोज १६ गतेसम्म विभिन्न समूहका सांसदलाई संसद्‍मा अनिवार्य रूपमा उपस्थित हुनेगरी तालिका बनाइएको जानकारी दिएका हुन्।
  • बुर्लाकोटीका अनुसार समूह निर्धारण नगरिएका सांसद पनि संसद् बैठकमा उपस्थित हुनुपर्ने छ।
  • विशेष अवस्थामाबाहेक संसद्‍मा उपस्थिति हुन सबैका लागि सधैँ बाध्यकारी हुने सूचनामा उल्लेख छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको उपस्थिति सुनिश्चित गर्न भन्दै समूहगत उपस्थिति तालिका निर्धारण गरेको छ।

मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले बिहीबार सूचना जारी गर्दै समूहका आधारमा आजदेखि असोज १६ गतेसम्म विभिन्न समूहका सांसदलाई संसद्‍मा अनिवार्य रूपमा उपस्थित हुनेगरी तालिका बनाइएको जानकारी दिएका हुन्।

बुर्लाकोटीका अनुसार समूह निर्धारण नगरिएका सांसद पनि संसद् बैठकमा उपस्थित हुनुपर्ने छ।

विशेष अवस्थामाबाहेक संसद्‍मा उपस्थिति हुन सबैका लागि सधैँ बाध्यकारी हुने सूचनामा उल्लेख छ।

संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले निम्नानुसारको सूचना जारी गरेको जानकारी गराइन्छ ।

हेर्नुहोस् समूहगत उपस्थिति तालिका:
* असोज ८ गते: समूह ३, समूह ४ र समूह १ (अनिवार्य)
* असोज १२ गते: समूह १ र समूह २ (अनिवार्य)
* असोज १३ गते: समूह २ र समूह ३ (अनिवार्य)
* असोज १४ गते: समूह ३ र समूह ४ (अनिवार्य)
* असोज १५ गते: समूह ४ र समूह १ (अनिवार्य)
* असोज १६ गते: समूह १ र समूह २ (अनिवार्य)

अतिरिक्त निर्देशनहरू:
१. यसको अर्थ, अन्य समूहको सांसदहरूलाई संसद आउन अनिवार्य छैन भन्ने किमार्थ नलागोस्। संसद विशेष अवस्थामा बाहेक सबैका लागि सधैँ बाध्यकारी हुनुपर्छ।

२. छलफल र खाजा समय: बैठक अवधिभर छलफल प्रभावित नहुने गरी खाजा वा अन्य निरन्तरताका लागि पालैपालो (आलोपालो) समय मिलाउनुहुन।

३. निर्णयार्थ प्रस्तुत गर्दा: कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ सदनमा पेश हुने समयमा अनिवार्य तोकिएका सबै माननीय सदस्यज्यूहरूको उपस्थिति रहनुपर्नेछ।
धन्यवाद।

कविन्द्र बुर्लाकोटी
मुख्य सचेतक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट पछि हट्यो सरकार
अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट पछि हट्यो सरकार
राष्ट्रिय सभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदन र समितिका अध्ययन प्रतिवेदन पेस हुने
राष्ट्रिय सभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदन र समितिका अध्ययन प्रतिवेदन पेस हुने
कानुन नबन्दा भूमिसम्बन्धी समस्या समाधान गर्न सकिएन : मन्त्री अधिकारी
कानुन नबन्दा भूमिसम्बन्धी समस्या समाधान गर्न सकिएन : मन्त्री अधिकारी
त्रिपुरेश्वरमा बसभित्रै शरीरमा आ*गो लगाएका चालकको मृ*त्यु
त्रिपुरेश्वरमा बसभित्रै शरीरमा आ*गो लगाएका चालकको मृ*त्यु
आज निजामती सेवा दिवस: विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै
आज निजामती सेवा दिवस: विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै
१ किलो सुनसहित विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ
१ किलो सुनसहित विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ
मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भुकम्प
मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भुकम्प
सर्लाहीमा सर्प दंशबाट ३ वर्षीय बालकको मृ*त्यु
सर्लाहीमा सर्प दंशबाट ३ वर्षीय बालकको मृ*त्यु
हरिसिद्धी प्रहरी प्रभागमा आगजनी
हरिसिद्धी प्रहरी प्रभागमा आगजनी
हुलाकको आवश्यकता र सार्थकता मरेको छैन्: मन्त्री खरेल
हुलाकको आवश्यकता र सार्थकता मरेको छैन्: मन्त्री खरेल