Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
१०० पटक हेरिएको
Shares
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान

सारांश

  • संविधान दिवस–२०८२ को अवसरमा मंगलबार लक्ष्मी ब्लड कनेक्ट्स, सर्लाहीको आयोजनामा र प्रादेशिक अस्पताल मलंगवाको सहयोगमा खुला रक्तदान तथा निःशुल्क रक्तसमूह परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
  • कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए, जसमा ४९ जना पुरुष र ३ जना महिला सहभागी थिए।
  • त्यस्तै ५६ जनाले निःशुल्क रक्तसमूह परीक्षण गराएका छन्।

३ असोज, सर्लाही ।

संविधान दिवस–२०८२ को अवसरमा मंगलबार लक्ष्मी ब्लड कनेक्ट्स, सर्लाहीको आयोजनामा र प्रादेशिक अस्पताल मलंगवाको सहयोगमा खुला रक्तदान तथा निःशुल्क रक्तसमूह परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए, जसमा ४९ जना पुरुष र ३ जना महिला सहभागी थिए। त्यस्तै ५६ जनाले निःशुल्क रक्तसमूह परीक्षण गराएका छन्।

लक्ष्मी ब्लड कनेक्ट्सका अध्यक्ष कृष्ण कुमार राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो। सो अवसरमा विशिष्ट अतिथिमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्र कुमार खड्का, सशस्त्र प्रहरी बल सर्लाहीका देव बहादुर चन्द, कालीध्वज गणका सेना प्रमुख र प्रादेशिक अस्पताल मलंगवाका प्रमुख डा. संजीव कुमार सिंह सहभागी थिए।

त्यस्तै, पहिचान नेपाल/Blue Diamond Society का अब्दुल सहमद, वडा नं. ९ का अध्यक्ष चन्देश्वर राय, जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह र मानव अधिकार रक्षक सञ्जालका मुकेश मिश्र अतिथिका रूपमा उपस्थित थिए।संस्थाका अध्यक्ष राउतका अनुसार, लक्ष्मी ब्लड कनेक्ट्स स्थापना भएदेखि नै विभिन्न स्थानीय तह, सरकारी निकाय, NGO तथा INGO सँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका गतिविधि सञ्चालन गर्दै आएको छ। उनले आगामी दिनमा पनि निःशुल्क स्वास्थ्य शिविर, सामाजिक बुराइविरुद्ध अभियान र वातावरण संरक्षणजस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। रक्तदानमा सहभागी सबैप्रति आभार प्रकट गर्दै आयोजकहरूले यस्ता कार्यक्रमहरूले संविधान दिवसलाई मात्र अर्थपूर्ण नबनाई समाजमा स्वास्थ्य सचेतना, मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको बताएका छन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राजीनामा दिएका प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू सेनाको सुरक्षामा
राजीनामा दिएका प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू सेनाको सुरक्षामा
भारतीय स्थल सेनाध्यक्ष आज काठमाडौं आउँदै
भारतीय स्थल सेनाध्यक्ष आज काठमाडौं आउँदै
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय
महिला टोली विश्वकपमा छनोट हुनेमा आशावादी छु : मुख्य प्रशिक्षक पाठक
महिला टोली विश्वकपमा छनोट हुनेमा आशावादी छु : मुख्य प्रशिक्षक पाठक
सात वटा संसदीय समितिको बैठक बस्दै 
सात वटा संसदीय समितिको बैठक बस्दै 
वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै विरोध प्रदर्शन
वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै विरोध प्रदर्शन
भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो
भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो
सिकार गर्न हिँडेका २ जना भरुवा बन्दुकसहित पक्राउ, १ जना फरार
सिकार गर्न हिँडेका २ जना भरुवा बन्दुकसहित पक्राउ, १ जना फरार
फराकिलो अन्तरले सातदोबाटोलाई हराउँदै प्लानिङ ब्वाइज इटहरी गोल्ड कपको फाइनलमा
फराकिलो अन्तरले सातदोबाटोलाई हराउँदै प्लानिङ ब्वाइज इटहरी गोल्ड कपको फाइनलमा