लोक गायक कमल बिके निर्मोहीको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन १३, २०८२
|
|
९६ पटक हेरिएको
Shares
लोक गायक कमल बिके निर्मोहीको निधन

सारांश

  • केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो।
  • गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानकारी दिएकी हुन्।
  • वलीले उनको मृत्युले आफू मर्माहत भएको उल्लेख गरेकी छन्।
facebook sharing button
१ फागुन, काठमाडौँsharethis sharing button

लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन भएको छ। केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो। गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानकारी दिएकी हुन्। वलीले उनको मृत्युले आफू मर्माहत भएको उल्लेख गरेकी छन्। आफूले कमलसँग गाएकामध्ये ‘त्यो माडी खोलाले छेकेको हैन, मलाई छेक्यो मायालु तिमै मायाले’ निकै लोकप्रिय बनेको समेत कोमलले स्मरण गरेकी छन्।

दाङमा जन्मिएका निर्मोही पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए।  उनी रेडियो नेपालका पूर्व कर्मचारी समेत हुन्। रेडियो नेपालमा उनका दर्जनौं गीत रेकर्ड भएका छन्। जसमध्ये ‘लाग्यो माया मोहनी नजरमा’, ‘पोखरामा क्या राम्रो रूपाताल, डुंगा चढी सलल मायाजाल’ लगायतका थुप्रै गीत चर्चित छन्। केही लोकपप र आधुनिक गीतमा समेत उनले स्वर दिएका छन्। निर्मोहीको परिवारमा एक छोरा र दुई छोरी छन्। करिब एक महिनाअघि उनकी पत्नीको समेत दुःखद निधन भएको थियो। निर्मोहीको बुधबार दिउँसो दाङको सिधनियाघाट राप्तीनदीमा अन्तिम संस्कार गरिने परिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता
बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता
‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’
‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’
सर्वदलीय बैठक : सभामुखको निर्वाचन २२ गते हुने
सर्वदलीय बैठक : सभामुखको निर्वाचन २२ गते हुने
सरकारप्रति गगन थापाको टिप्पणी : हामी बिँड तातिसक्यौं, ताप्के तातेन
सरकारप्रति गगन थापाको टिप्पणी : हामी बिँड तातिसक्यौं, ताप्के तातेन
टीयू क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध
टीयू क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध
पीएम कप महिला क्रिकेटमा एपीएफको लगातार दोस्रो जित
पीएम कप महिला क्रिकेटमा एपीएफको लगातार दोस्रो जित
सशस्त्र प्रहरी द्वारा अबैध मालसामान बरामद
सशस्त्र प्रहरी द्वारा अबैध मालसामान बरामद
मधेसको मुख्यमन्त्रीमा सात दलको तर्फबाट दाबी पेस गर्दै कांग्रेसका कृष्णप्रसाद यादव
मधेसको मुख्यमन्त्रीमा सात दलको तर्फबाट दाबी पेस गर्दै कांग्रेसका कृष्णप्रसाद यादव
झापा–५ मा भारी मतले बालेन अगाडि
झापा–५ मा भारी मतले बालेन अगाडि
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू