बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन २५, २०८२
|
|
२७ पटक हेरिएको
Shares
बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता

सारांश

  • बाजुराका स्थानीय तह भष्ट्राचारीको अखडा बन्दै गएको गुनासो आएको छ ।
  • यहाँका स्थानीय तहले एकै बर्षमा नियम विपरित १३ करोड बढि रकम अनियमितता गरेको पाइएपछि जनगुनासो बढेको हो ।
  • विभिन्न शीर्षकमा कागजात नपुर्याइ स्थानीय तहले रकम भुक्तानी गरेको पाइएको हो ।

२५ असोज, बाजुरा ।

बाजुराका स्थानीय तह भष्ट्राचारीको अखडा बन्दै गएको गुनासो आएको छ । यहाँका स्थानीय तहले एकै बर्षमा नियम विपरित १३ करोड बढि रकम अनियमितता गरेको पाइएपछि जनगुनासो बढेको हो । विभिन्न शीर्षकमा कागजात नपुर्याइ स्थानीय तहले रकम भुक्तानी गरेको पाइएको हो । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदन अनुसार विभिन्न शीर्षकमा बाजुराका स्थानीय तहहरुले नियम विपरीत रकम भुक्तानी गरेर अनियमितता गरेको जनाएको छ । आर्थिक बर्ष २०८०।०८१ मा यहाँका स्थानीय तहहरुले १३ करोड १ लाख ५२ हजार एक सय ७ रुपैयाँ अनियमित गरेको प्रतिवेदनमा उल्लेख छ  । प्रतिवेदनमा उल्लेख भए अनुसार सबैभन्दा बढी बुढीगंगा नगरपालिकामा आर्थिक अनियमिता भएको पाईएको हो ।

नगरपालिकाले आर्थिक बर्ष २०८०।०८१ मा ३ करोड ३८ लाख ५७ हजार ७ सय ६४ रुपैयाँ अनियमित गरेको छ ।  नियम विपरीत करार कर्मचारी नियुक्त गरी तलव भत्ता भुक्तानी, लगायत विभिन्न शीर्षकमा नगरपालिकाले नियम विपरित अनियमितता गरेको पाइएको हो । त्यस्तै, बुढीनन्दा नगरपालिकामा १ करोड ८७ लाख २० हजार ३ सय ३६ रुपैयाँ अनियमित भएको छ । त्रिवेणी नगरपालिकामा १ करोड ८५ लाख ९५ हजार १ सय ३३ रुपैयाँ, बडीमालिका नगरपालिकामा १ करोड ८२ लाख ३६ हजार ६ सय ४ रुपैयाँ, जगन्नाथ गाउँपालिकामा १ करोड १७ लाख ७६ हजार ५ सय १०, स्वामीकार्तिक खापर गाउँपालिकामा १ करोड ८ लाख ३३ हजार २ सय ७, हिमाली गाउँपालिकामा ७४ लाख ५९ हजार ९ सय ५२ रुपैयाँ, खप्तड छेडेदह गाउँपालिकामा ७२ लाख ९५ हजार ७ सय ७ रुपैयाँ र गौमुल गाउँपालिकामा ३३ लाख ७६ हजार ८ सय ९३ रुपैयाँ अनियमित भएको तथ्यांकमा उल्लेख छ । बाजुराका ९ वटै स्थानीय तहले ठूलो रकम अनियमितता गरेको पाइदा यतिवेला सामाजिक सञ्जलमा सबै स्थानीयहरुको टिकाटिप्पणी भइरहेको छ । नियम विपरीत दरबन्दी बाहेकका कर्मचारीहरु नियुक्त गरी ७ करोड २४ लाख ३९ हजार ३ सय ४३ रुपैयाँ तलव भत्तामै खर्च गरेको पाइएको हो । सबै स्थानीय तहहरुलाई यतिवेला भष्ट्रहरुको संज्ञा दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बोलाइयो
गृहमन्त्रीलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बोलाइयो
आजको मौसम : हिमाली तथा पहाडी भूभागको केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली तथा पहाडी भूभागको केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना
तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम
तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम
राष्ट्रियसभाबाट पनि पास भए पाँच अध्यादेश
राष्ट्रियसभाबाट पनि पास भए पाँच अध्यादेश
सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन  सत्ता पक्षकै नेताको माग
सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन सत्ता पक्षकै नेताको माग
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता
रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
गाजामा इजरायली हमलामा १६ जनाको मृ*त्यु
गाजामा इजरायली हमलामा १६ जनाको मृ*त्यु
सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?