प्रतिनिधिसभाको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २८, २०८२
|
|
१२ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक बस्दै

सारांश

  • संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
  • बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।
  • ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएकाले आजको बैठक सञ्चालन हुने कि नहुने भन्ने अन्यौल कायम छ ।

२८ जेठ, काठमाडौं ।

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएकाले आजको बैठक सञ्चालन हुने कि नहुने भन्ने अन्यौल कायम छ । सहमतिका लागि दलहरुबीच पटक–पटक छलफल भए पनि निष्कर्ष ननिस्किएकाले यही जेठ १३ गतेदेखि नै प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

त्यसैले बजेटमाथिको छलफल सुरु नै हुन सकेको छैन । आजको बैठक सञ्चालन भए उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
सेयर बजार ११ महिनाकै उच्च बिन्दुमा
सेयर बजार ११ महिनाकै उच्च बिन्दुमा
पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु
पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु
माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने
माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने
बालिकालाई सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ
बालिकालाई सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ
शिक्षकहरूलाई माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न प्रचण्डको अपिल
शिक्षकहरूलाई माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न प्रचण्डको अपिल
बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी
बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
नवनियुक्त गभर्नर पौडेलले भेटे अर्थमन्त्री पौडेललाई
नवनियुक्त गभर्नर पौडेलले भेटे अर्थमन्त्री पौडेललाई