प्रतिनिधिसभाको बैठक २ बजेलाई सारियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २०, २०८२
|
|
३७ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक २ बजेलाई सारियो

सारांश

  • प्रतिनिधिसभाको आजको बैठक २ बजेलाई सारिएको छ ।
  • सदनको अवारोध अन्त्यका लागि पहल जारी रहेकाले बैठक केही घण्टा पर सारिएको हो ।
  • यसअघि आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो ।

२० जेठ, काठमाडौं ।

प्रतिनिधिसभाको आजको बैठक २ बजेलाई सारिएको छ । सदनको अवारोध अन्त्यका लागि पहल जारी रहेकाले बैठक केही घण्टा पर सारिएको हो । यसअघि आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले राजीनामा मागेर सदन अवरुद्ध पार्दै आएका छन् ।

गृहमन्त्री रमेश लेखकले आफ्ना कुरा सदनसमक्ष राख्ने भन्दै सभामुखसँग पटकपटक समय मागे पनि उनले बोल्न पाएका छैनन् । लगातार सदन अवरुद्ध रहेकाले सभामुख देवराज घिमिरेले आजै विपक्षी दलहरूसँग छलफल गरी सदनमा गृहमन्त्रीले आफ्ना भनाइ राख्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

सदनमा गृहमन्त्रीलाई बोल्न दिने वातावरण बनाउन सभामुख घिमिरेले आज बिहानैदेखि पहल गरेका थिए । उनले विपक्षी दलका प्रमुख सचेतकहरूसँग तथा त्यसपछि सत्ता र विपक्षी दलहरूसँग संयुक्त बैठक बसेका थिए । बैठका सभामुख घिमिरेले पहिले गृहमन्त्रीका कुरा सुनौं, त्यसपछि थप छलफल गरौंला भनेपछि विपक्षी दलहरूले यस विषयमा थप छलफल गर्ने भनेर निस्किएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घण्टाभित्र विमानस्थलमा स्तनपान कक्ष स्थापना गर्न मन्त्रालयको निर्देशन
२४ घण्टाभित्र विमानस्थलमा स्तनपान कक्ष स्थापना गर्न मन्त्रालयको निर्देशन
त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक १० गतेसम्म बन्द
त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक १० गतेसम्म बन्द
थर वा जन्मले होइन, कर्मले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री
थर वा जन्मले होइन, कर्मले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ : कति पुग्यो मूल्य ?
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ : कति पुग्यो मूल्य ?
बजेटमा मनोमानी भएको भन्दै छानबिन समिति बनाउन कांग्रेसकै सांसदको माग
बजेटमा मनोमानी भएको भन्दै छानबिन समिति बनाउन कांग्रेसकै सांसदको माग
वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी
वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी
४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार
४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार
गठबन्धनका कारण स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो: पूर्वराष्ट्रपति भण्डारी
गठबन्धनका कारण स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो: पूर्वराष्ट्रपति भण्डारी
डाक्टरको लाइन्सेस परीक्षामा ५६ प्रतिशत पास
डाक्टरको लाइन्सेस परीक्षामा ५६ प्रतिशत पास
समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी
समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी