कान्ति राजमार्गमा सवारीको चाप

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १५, २०८३
|
|
२९३ पटक हेरिएको
Shares
कान्ति राजमार्गमा सवारीको चाप

सारांश

  • चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभिर र परेवाभिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी साधनको चाप अत्यधिक बढेको छ ।
  • काठमाडौँलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो र वैकल्पिक मार्गका रूपमा रहेको कान्ति राजमार्ग यतिबेला उपत्यका छिर्ने र बाहिरिने सवारी साधनको मुख्य छनोटमा परेको छ ।
  • कान्ति राजमार्ग सडक योजनाका अनुसार पृथ्वी राजमार्ग बन्द भए लगत्तै साना तथा मझौला सवारी साधनहरू कान्ति राजमार्गमा मोडिएका छन् ।

१५ भदौ, काठमाडौं ।

चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभिर र परेवाभिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी साधनको चाप अत्यधिक बढेको छ । काठमाडौँलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो र वैकल्पिक मार्गका रूपमा रहेको कान्ति राजमार्ग यतिबेला उपत्यका छिर्ने र बाहिरिने सवारी साधनको मुख्य छनोटमा परेको छ । कान्ति राजमार्ग सडक योजनाका अनुसार पृथ्वी राजमार्ग बन्द भए लगत्तै साना तथा मझौला सवारी साधनहरू कान्ति राजमार्गमा मोडिएका छन् । हेटौँडाबाट भैँसे, टिकाभैरव र भैँसेपाटी हुँदै ललितपुरको एकान्तकुना जोड्ने यो मार्गमा सवारी साधनको लामो लस्कर देखिएको छ । सडक योजनाले सार्वजनिक गरेको दृश्यहरूमा सवारी साधनहरू निरन्तर सुचारु भइरहेको देखिए पनि चापका कारण यात्रामा केही समय लाग्ने देखिएको छ ।

धादिङको कृष्णभिर र परेवाभिर क्षेत्रमा त्रिशूली नदीले सडकको जग नै काटेपछि र माथिबाट पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो । यो सडक खण्ड मर्मत गरी सुचारु गर्न प्राविधिक टोली खटिए तापनि तत्कालै सञ्चालनमा आउने सम्भावना कम रहेकाले तत्कालका लागि वैकल्पिक मार्गहरू सञ्चालनमा ल्याइएको छ । सडक विभागले कान्ति राजमार्गका अतिरिक्त अन्य तीन वटा मार्गहरूलाई पनि विकल्पका रूपमा प्रयोग गर्न सुझाव दिएको छ । त्रिभुवन राजपथ (वीरगन्ज–हेटौँडा–पालुङ–नौबिसे हुँदै कलंकी), बीपी राजमार्ग (बर्दिबास–सिन्धुली–खुर्कोट–धुलिखेल हुँदै काठमाडौँ) र हेटौँडा–कुलेखानी–फर्पिङ मार्ग (हेटौँडाबाट कुलेखानी र दक्षिणकाली हुँदै काठमाडौँ) वैकल्पिक मार्ग सञ्चालनमा छन् । सडक विभागले कान्ति राजमार्ग लगायतका वैकल्पिक सडकहरूमा सवारी चाप बढेकाले संयमित भएर गाडी चलाउन चालकहरूलाई आग्रह गरेको छ । वर्षातको समयमा ग्रामीण भेगका सडकहरूमा पहिरोको जोखिम हुनसक्ने भएकाले ‘सडक सूचना’ र ट्राफिक प्रहरीको अपडेट लिएर मात्र यात्रा तय गर्न विभागले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘इन्द्रजात्राजस्ता सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ’
‘इन्द्रजात्राजस्ता सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ’
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी
पर्साको ठोरीमा मृत भेटियो पाटे बाघ
पर्साको ठोरीमा मृत भेटियो पाटे बाघ
जिप दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, दुई नाबालक छोरा घाइते
जिप दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, दुई नाबालक छोरा घाइते
रविन्द्र र धवल सम्पर्कविहीन, जिम्मा लिने तीन जनालाई जनही २५ हजार जरिवाना
रविन्द्र र धवल सम्पर्कविहीन, जिम्मा लिने तीन जनालाई जनही २५ हजार जरिवाना
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल
५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे अनुमति
५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे अनुमति
रास्वपाको केन्द्रीय समितिबाट बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति अनुमोदन
रास्वपाको केन्द्रीय समितिबाट बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति अनुमोदन
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह
सर्लाहीबाट २७ लाख हुन्डीको रकमसहित २ जना पक्राउ
सर्लाहीबाट २७ लाख हुन्डीको रकमसहित २ जना पक्राउ
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...