सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन  

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २६, २०८३
|
|
३८१ पटक हेरिएको
Shares
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन  

सारांश

  • श्रम संस्कृति पार्टी बागमती प्रदेश समन्वय समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
  • यो देश गरीबको पनि हो, सुकुम्बासी तथा अव्यवस्थित बसोबासप्रति राज्यले गरेको दमनविरुद्ध श्रम संस्कृति पार्टीले खबरदारी गरेको हो ।
  • खबरदारीमा उनीहरुले यो देश गरिबको पनि हो, गाँस,वास, कपास हाम्रो अििधकार हो, भूमीहिन समस्या दीर्घकालिन रुपमा समाधन गर लगायतका प्लेकार्ड बोकेर खबरदारी गरेका हुन् ।

२६ वैशाख, काठमाडौं ।

श्रम संस्कृति पार्टी बागमती प्रदेश समन्वय समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । यो देश गरीबको पनि हो, सुकुम्बासी तथा अव्यवस्थित बसोबासप्रति राज्यले गरेको दमनविरुद्ध श्रम संस्कृति पार्टीले खबरदारी गरेको हो ।खबरदारीमा उनीहरुले यो देश गरिबको पनि हो, गाँस,वास, कपास हाम्रो अििधकार हो, भूमीहिन समस्या दीर्घकालिन रुपमा समाधन गर लगायतका प्लेकार्ड बोकेर खबरदारी गरेका हुन् ।

उक्त खबरदारीमा श्रम संस्कृति पार्टीका नेता छोटे पठानले सरकारले सुकुम्बासीका घर भत्काइरहेको तर कालापानी, लिपुलेकमा अर्कोले बाटो बनाइरहेको आरोप लगाए । उनले कालापानी र लिपुलेक क्षेत्रमा भइरहेको गतिविधिप्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै सीमा सुरक्षामा खटिएका नेपाल प्रहरीले विभिन्न समस्या भोग्नुपरेको बताए । उनले भने, ‘सुकुम्बासीको घर भत्काइरहनु भएको छ । कालापानी, लिपुलेकमा अर्कोले बाटो बनाइरहेको छ । सरकारका लागि यो विषय कति लाजलाग्दो कुरा हो । नेपालको सीमा नाकामा गएर हेर्नुस्, सीमा सुरक्षामा रहेको हाम्रो नेपाल प्रहरीले कति समस्या खेप्नु परिरहेको छ । नेपालको जग्गा कब्जा भइरहेको छ । प्रधानमन्त्री आफ्नै देशका सुकुम्बासी मेटाइरहनु भएको छ। सुकुम्बासीलाई देशमै व्यवस्थापन गर्ने हो कि चीन, जर्मनी वा जापान पठाउने हो, सरकार आफैं अन्योलमा देखिएको छ ।

उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै आफ्नो परिवारको नाममा रहेको जग्गाबारे स्पष्ट पार्न पनि आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्री बालेन शाहज्यूलाई भन्न चाहन्छु, म पनि तपाईंको जिल्लाकै छिमेकी हुँ । तपाईं आफैं भन्नुहोस्, नेपाली जनतालाई तपाईंको बाउको नाममा कति बिगाहा जमिन छ ? त्यसको लालपुर्जा छ कि छैन? सरकार तपाईंको, व्यवस्थापन तपाईंको, नेपालको जनता तपाईंको र नेपालको जमीन पनि तपाईंको जस्तो भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस
मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको एक विद्यालयका प्रधानाध्यापकको मृ*त्यु
मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको एक विद्यालयका प्रधानाध्यापकको मृ*त्यु
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
माओवादीले बाँकेबाट पुनः सुरु गर्‍यो तराई-मधेस जागरण अभियान
माओवादीले बाँकेबाट पुनः सुरु गर्‍यो तराई-मधेस जागरण अभियान
शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण
शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण
चुनाव हारेपछि रुस गएका पूर्ववडाध्यक्ष तिलक युद्धमा मारिए
चुनाव हारेपछि रुस गएका पूर्ववडाध्यक्ष तिलक युद्धमा मारिए
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल
दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने
दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने
पूर्वराजदूत सुवेदीले गठन गरे ‘जन युग’ पार्टी, को-को छन् केन्द्रीय समितिमा ?
पूर्वराजदूत सुवेदीले गठन गरे ‘जन युग’ पार्टी, को-को छन् केन्द्रीय समितिमा ?
विनोद भण्डारीले बनाए अर्धशतक
विनोद भण्डारीले बनाए अर्धशतक