सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

रौतहटमा बाढीपहिरो लगायत विपद्‌मा परी ३८ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण २७, २०८१
|
|
१०६ पटक हेरिएको
Shares
रौतहटमा बाढीपहिरो लगायत विपद्‌मा परी ३८ जनाको मृत्यु

सारांश

  • बाढीपहिरोमा परी ५० बढी घाइते हुनुका साथै करोडौंको क्षति भएको छ ।
  • गत आर्थिक वर्ष २०८०/०८१ मा विपद्जन्य घटनामा परेर ३८ जनाले ज्यान गुमाउनुका साथै करोडौंको क्षति भएको हो ।
  • एक वर्षमा सब भन्दा बढी मानिसको पोखरीमा डुबेर मृत्यु भएको हो ।

 

२७ साउन, रौतहट–  रौतहटस्थित विपद्को घटनामा परेर १ वर्षमा ३८ जना मानिसको मृत्यु भएको छ भने एक जना बेपत्ता रहेका छन् ।

बाढीपहिरोमा परी ५० बढी घाइते हुनुका साथै करोडौंको क्षति भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा विपद्जन्य घटनामा परेर ३८ जनाले ज्यान गुमाउनुका साथै करोडौंको क्षति भएको हो । एक वर्षमा सब भन्दा बढी मानिसको पोखरीमा डुबेर मृत्यु भएको हो । पोखरीमा डुबेको ३७ वटा घटनामा महिला, पुरुष बालबालिका गरी २२ जनाको मृत्यु र ८ जना घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन् । त्यस्तै २१९ वटा आगलागीको घटनामा परेर ४ जना मानिसको मृत्यु हुनुका साथै १८ जना मानिस घाइते भएका थिए। आगलागीमा परेर सोही अवधिमा ८७ चौपायाको मृत्यु र २२ चौपाया घाइते भएका थिए।

आगलागी बाट १४ पक्की घर,९१ कच्ची घर,११ सार्वजनिक घर,१० गोठ र घरभित्र रहेको अन्नपात, लत्ताकपडा तथा घर गरी कुल १४ करोड,४१ लाख,१२ हजार,२३२ रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङकमा उल्लेख गरिएको छ। त्यसैगरी अविरल वर्षा सँगै १४ वटा विभिन्न नदी खोलामा आएको बाढीमा परी २ जनाको मृत्यु १ बेपत्ता,३३ घरमा प्रभाव गरी कुल १० लाख २५ हजार बराबरको क्षति भएको थियो। गत आर्थिक वर्षमा ३५ वटा करेन्ट लागेको घटनामा परेर ४ जनाको मृत्यु हुनुका साथै २१ जना मानिस घाइते भएका थिए। सोही अवधिमा घर पालुवा तथा जंगली जनावरको ९ वटा आक्रमणको घटनामा परेर २ जना मानिसको मृत्यु र १४ जना घाइते भएको तथ्यांकमा उल्लेख गरिएको छ। त्यस्तै ३ वटा चट्याङको घटनामा २ जनाको मृत्यु १ घाइते र सर्प दंश बाट २ जनाको मृत्यु भएको थियो।

गत आर्थिक वर्षमा कुल ३२५ वटा भएको बिपद्जन्य घटनाबाट १२ करोड ५७ लाख,८९ हजार,७३२ बराबरको क्षति,२ हजार ७२ परिवार प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्। उक्त घटनामा राहत तथा उद्धारको लागि ३ हजार २१० प्रहरी जनशक्ति परिचालन गरिएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ। गत आर्थिक वर्षमा  जिल्ला बिपद् व्यवस्थापन समिति एवं जिल्ला प्रशासन कार्यालयबाट ४ जना मृतकको परिवार लगायतका गरी कुल ३० लाख रुपैयाँ राहत स्वरुप वितरण गरिएको सिडिओ हिरालाल रेग्मीले जानकारी दिएका छन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोलामा एक सयले घट्यो सुनको मूल्य
तोलामा एक सयले घट्यो सुनको मूल्य
कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति हुन्छ : प्रधानमन्त्री
कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति हुन्छ : प्रधानमन्त्री
दश गुमाइसक्यौ अब गुमाउन चाहन्नौं हामी असुरक्षित छौं सरकार!
दश गुमाइसक्यौ अब गुमाउन चाहन्नौं हामी असुरक्षित छौं सरकार!
काभ्रेका १३५ वडाबाट अनलाइन नागरिकता सिफारिस
काभ्रेका १३५ वडाबाट अनलाइन नागरिकता सिफारिस
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा
नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा
रिहाइपछि रविको प्रतिक्रिया- न्यायको लडाइँ बाँकी छ, सबको हिसाब गर्नु नै छ
रिहाइपछि रविको प्रतिक्रिया- न्यायको लडाइँ बाँकी छ, सबको हिसाब गर्नु नै छ
राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया
राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया
विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल
विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्डको भिडन्त
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्डको भिडन्त