मकवानपुरमा भीरबाट लडेर वृद्धको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
२४ पटक हेरिएको
Shares
मकवानपुरमा भीरबाट लडेर वृद्धको मृत्यु

सारांश

  • वकैया गाउँपालिका–६ सुदाका ९८ वर्षीय जीतबहादुर लामाको भीरबाट लडेर मृत्यु भएको हो ।
  • वकैया गाउँपालिका–५ राजदमारस्थित गितावर सामुदायिक वनको भीरबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
  • वनमा दाउरा खोज्न गएका लामा भीरबाट करिब ३० मिटर तल खसेका थिए ।

१९ चैत, हेटौंडा —

मकवानपुरमा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । वकैया गाउँपालिका–६ सुदाका ९८ वर्षीय जीतबहादुर लामाको भीरबाट लडेर मृत्यु भएको हो । वकैया गाउँपालिका–५ राजदमारस्थित गितावर सामुदायिक वनको भीरबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

वनमा दाउरा खोज्न गएका लामा भीरबाट करिब ३० मिटर तल खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष लक्ष्मी जिम्वाले बताइन् । लामाको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा यो चालु आवमा मात्रै भीरबाट लडेर ११ जनाको मृत्यु भइसकेको छ । १५ जना भीरबाट खसेर घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश सरकारले एक करोडभन्दा कमका खुद्रे योजना नल्याउने
मधेश सरकारले एक करोडभन्दा कमका खुद्रे योजना नल्याउने
रास्वपाले सार्वजनिक गर्‍यो समानुपातिक आकांक्षीको अन्तिम सूची
रास्वपाले सार्वजनिक गर्‍यो समानुपातिक आकांक्षीको अन्तिम सूची
बर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन : मन्त्री यादव
बर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन : मन्त्री यादव
दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
बंगलादेशमा हिन्दु युवकको ह*त्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन
बंगलादेशमा हिन्दु युवकको ह*त्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन
लुम्बिनी प्रदेश सरकारद्वारा दोस्रो आवधिक योजना स्वीकृत
लुम्बिनी प्रदेश सरकारद्वारा दोस्रो आवधिक योजना स्वीकृत
वेस्ट इण्डिज ‘ए’विरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै
वेस्ट इण्डिज ‘ए’विरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै
देशको व्यापार घाटा साढे १२ खर्ब नाघ्यो
देशको व्यापार घाटा साढे १२ खर्ब नाघ्यो
लालपुर्जा वितरण नगर्दासम्म सुकुमवासीलाई मासिक १५ हजार दिने सरकारको तयारी
लालपुर्जा वितरण नगर्दासम्म सुकुमवासीलाई मासिक १५ हजार दिने सरकारको तयारी