शिक्षामन्त्री भट्टराईकाे राष्ट्रिय किताबखानामा छड्के अनुगमन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २३, २०८१
|
|
३६ पटक हेरिएको
Shares
शिक्षामन्त्री भट्टराईकाे राष्ट्रिय किताबखानामा छड्के अनुगमन

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय किताबखानाको छड्के अनुगमन गरेकी छिन् ।
  • ताहाचलस्थित किताबखानाको कार्यालयमा बुधबार दिउँसो शिक्षामन्त्री भट्टराई छड्के अनुगमनमा पुगेकी हुन् ।
  • शिक्षकहरूले पेन्सनपट्टा बनाउनका लागि दुःख पाएको गुनासो बढेपछि शिक्षामन्त्री भट्टराई बुधबार आफैं किताबखाना पुगेकी हुन् ।

२३ माघ, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय किताबखानाको छड्के अनुगमन गरेकी छिन् । ताहाचलस्थित किताबखानाको कार्यालयमा बुधबार दिउँसो शिक्षामन्त्री भट्टराई छड्के अनुगमनमा पुगेकी हुन् । शिक्षकहरूले पेन्सनपट्टा बनाउनका लागि दुःख पाएको गुनासो बढेपछि शिक्षामन्त्री भट्टराई बुधबार आफैं किताबखाना पुगेकी हुन् ।

पेन्सनपट्टाका लागि अर्थ मन्त्रालयबाट आएको अध्यादेशमा नयाँ व्यवस्था भएकाले सोही अनुसार कार्य अघि बढाउन शिक्षामन्त्री भट्टराईले कर्मचारीहरूलाई आग्रह गरेकी छिन् । किताबखानामा आएका समस्याहरू अड्काउने काम भएको भन्दै शिक्षामन्त्री भट्टराईले त्यस्तो नगर्न आग्रह गरिन् ।

मन्त्रीहरूकै कारणले केही कुरामा आफूहरू समस्यामा पर्ने गरेको कर्मचारीहरूको गुनासो थियो ।‘मन्त्रीकै आदेशबाट विद्यालयमा हाजिर गराउनु भनेर भनेको बेलामा हामीले कति समस्या हुन्छ होला रु,’ अनुगमनमा पुगेकी शिक्षामन्त्री भट्टराईलाई एक कर्मचारीले प्रश्न गरे ।

राष्ट्रिय किताबखाना शिक्षकमा पेन्सनपट्टाका लागि कहिले ५० बढी फाइल हुन्छन् त कहिले ५–७ वटा । पेन्सनपट्टा बनाउन सातै प्रदेशबाट शिक्षक काठमाडौं नै आइपुग्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘गणतन्त्र गन्हाइसक्यो, राजा आऊ देश बचाऊ’ भन्दै राजावादी सडकमा
‘गणतन्त्र गन्हाइसक्यो, राजा आऊ देश बचाऊ’ भन्दै राजावादी सडकमा
कैलालीमा तालिम गरेका सशस्त्रका ८ जवान बेहोस, हेलिकप्टरबाट उद्धार
कैलालीमा तालिम गरेका सशस्त्रका ८ जवान बेहोस, हेलिकप्टरबाट उद्धार
माधव नेपाललाई मुद्दा दायर हुनुमा सरकारको कुनै भूमिका छैन: सञ्चारमन्त्री गुरुङ
माधव नेपाललाई मुद्दा दायर हुनुमा सरकारको कुनै भूमिका छैन: सञ्चारमन्त्री गुरुङ
वर्तमान सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री कार्की
वर्तमान सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री कार्की
शिक्षक नियुक्ति घुस काण्ड : प्रधानाध्यापकसहित दुई जना पक्राउ
शिक्षक नियुक्ति घुस काण्ड : प्रधानाध्यापकसहित दुई जना पक्राउ
‘नाडा अटो शो’ मा दुई दिनमा झन्डै ४८ हजारले अवलोकन गरे
‘नाडा अटो शो’ मा दुई दिनमा झन्डै ४८ हजारले अवलोकन गरे
एमाले पदाधिकारीमा पृथ्वीसुब्बा गुरुङलाई लोकप्रिय मत
एमाले पदाधिकारीमा पृथ्वीसुब्बा गुरुङलाई लोकप्रिय मत
पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
रवि लामिछानेलाई रूपन्देहीबाट डिल्लीबजार कारागार ल्याउने तयारी
रवि लामिछानेलाई रूपन्देहीबाट डिल्लीबजार कारागार ल्याउने तयारी