नयाँ संसद भवनको अवलोकनमा मन्त्रीहरुको जम्बो टोली, बैठक संचालन गर्न समस्या नभएको जानकारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र ६, २०८२
|
|
२० पटक हेरिएको
Shares
नयाँ संसद भवनको अवलोकनमा मन्त्रीहरुको जम्बो टोली, बैठक संचालन गर्न समस्या नभएको जानकारी

सारांश

  • आज गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल लगायत मन्त्रीहरुको जम्बो टोलीले संसद भवन अनुगमन गरेको छ ।
  • शुक्रबार मन्त्रीहरुको जम्बो टोलीले नयाँ सांसदहरुको पहिलो बैठकका लागि तयार गरिरहेको सभाहलको अनुगमन गरेका हुन् ।
  • प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा निर्माणधिन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुने भएको हो ।

६ चैत,काठमाडौं ।

आज गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल लगायत मन्त्रीहरुको जम्बो टोलीले संसद भवन अनुगमन गरेको छ । शुक्रबार मन्त्रीहरुको जम्बो टोलीले नयाँ सांसदहरुको पहिलो बैठकका लागि तयार गरिरहेको सभाहलको अनुगमन गरेका हुन् ।

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा निर्माणधिन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुने भएको हो । सिंहदरबारस्थित संसद भवनमा नयाँ सांसदहरूलाई स्वागत गर्न र बैठकलाई व्यवस्थित बनाउन हलको व्यवस्थापन, प्राविधिक चेकजाँच र सरसफाइका कामहरू भईरहेका छन् ।

अनुगमनमा गृहमन्त्री अर्याल, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाई, अर्थमन्त्री रामेश्वर खनाल, स्वास्थ्यमन्त्री डा.सुधा शर्मा, कृषिमन्त्री डा.मदन परियार, परराष्ट्रमन्त्री बालानन्द शर्मा, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ, उद्योगमन्त्री अनिल सिन्हा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमार इङ्नामलगायतको सहभागिता थियो । अनुगमनमा गृहमन्त्री अर्यालले नया संसद भवनमा निर्माण भइरहेको सभा हल हाल शपथको लागि मात्रै नभई अधिवेशन नै सञ्चालनका लागि पनि तयारी अवस्थामा रहेको बताए ।

‘यहाँ सबै तयारी भइरहेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुई वटाको नै संयुक्त गर्नुपर्ने अवस्था आइहाल्यो भने पनि त्यसको लागि सबै तयारी छ भनेर निर्माण पक्षले भन्नुभएको छ । पछाडिपट्टी कार्यव्यवस्था समितिको बैठक बस्नलाई र सभामुखज्यूलाई पनि ठाउँ बनिसकेको देखिएको छ । बैठक सञ्चालनका लागि पनि अहिलेलाई तयार गर्नुभएको छ । हाल शपथको लागि मात्रै नभई अधिवेशन नै सञ्चालन गर्नुपर्ने भयो भने पनि त्यसको लागि तत्कालको लागि तयारी अवस्थामा रहेको देखिन्छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
पाँच महिनामा नेपालको व्यापार घाटा ५ खर्ब ८७ अर्ब
पाँच महिनामा नेपालको व्यापार घाटा ५ खर्ब ८७ अर्ब
सोमबारबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन
सोमबारबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन
वर्षायामको सुरुवात सँगै देशका ७३ जिल्लामा फैलियो डेंगु
वर्षायामको सुरुवात सँगै देशका ७३ जिल्लामा फैलियो डेंगु
अनियन्त्रित मोटरसाइकल दुर्घटनामा सर्लाहीमा युवकको मृत्य
अनियन्त्रित मोटरसाइकल दुर्घटनामा सर्लाहीमा युवकको मृत्य
उपराष्ट्रपतिसँग युरोपेली संघका राजदूत लोरेन्जाको शिष्टाचार भेट
उपराष्ट्रपतिसँग युरोपेली संघका राजदूत लोरेन्जाको शिष्टाचार भेट
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
मोदीको मन्त्रिमण्डलमा अधिकांश पुरानै अनुहार दोहोरिए [सूचीसहित]
मोदीको मन्त्रिमण्डलमा अधिकांश पुरानै अनुहार दोहोरिए [सूचीसहित]
मेयर पदबाट राजीनामा दिँदै बालेन, आजै रास्वपा बैठकमा सहभागी हुने
मेयर पदबाट राजीनामा दिँदै बालेन, आजै रास्वपा बैठकमा सहभागी हुने