रास्वपा कार्यालयमा शिक्षकहरूको धर्ना

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १७, २०८२
|
|
२५ पटक हेरिएको
Shares
रास्वपा कार्यालयमा शिक्षकहरूको धर्ना

सारांश

  • नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वनस्थलीमा धर्ना दिएको छ ।
  • आन्दोलनरत महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत राजनीतिक दलका कार्यालयमा धर्ना दिने क्रममा मंगलबार रास्वपाको पार्टीका कार्यालयमा धर्ना दिएको हो ।
  • शिक्षा विधेयक सच्याउन माग राख्दै महासंघले विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिँदै आइरहेको छ ।

१७ भदौ, काठमाडौँ ।

नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वनस्थलीमा धर्ना दिएको छ । आन्दोलनरत महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत राजनीतिक दलका कार्यालयमा धर्ना दिने क्रममा मंगलबार रास्वपाको पार्टीका कार्यालयमा धर्ना दिएको हो । शिक्षा विधेयक सच्याउन माग राख्दै महासंघले विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिँदै आइरहेको छ ।

धर्नामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धेरैले महासंघले रमिता देखाएको भनेर प्रतिक्रिया दिएकोमा आपत्ति जनाउँदै रमिता देखाउने सोचबाट भन्दा पनि विद्यालय शिक्षाको उन्नती लागि महाअभियानमा आफूहरु जुटेको बताए । विधेयकलाई उल्टो बाटो हिडाएको कारण त्यसलाई सुल्टो बाटो हिडाउन आफूहरुले माग गरेको उनले बताए ।

उनले भने,‘विधेयकलाई उल्टो बाटो हिडाइएको छ । त्यसलाई सुल्टो बाटो हिडाउनुपर्यो भन्ने माग हो । चैत्र बैशाखको आन्दोलनलाई पनि मानिसले रमिता भनेको थिए । तर यो लोकतन्त्र हो र यहाँ आफूलाई लागेको बोल्न पाइन्छ । तर रमिता देखाउने सुविधा हामीलाई छैन् ।

विद्यालय शिक्षाको उन्नती लागि र भोलीको गुणस्तर विद्यालय शिक्षाको लागि एउटा महाअभियानमा छौं ।’ यसअघि कांग्रेस, एमाले र माओवादी, नेकपा एसको कार्यालयमा महासंघले धर्ना दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई गिज्याउने सिभिल अस्पतालको भिड
‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई गिज्याउने सिभिल अस्पतालको भिड
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित
मधेश सरकार गठन विवादको पेसी न्यायाधीश सुवेदी र पोखरेलको इजलासमा
मधेश सरकार गठन विवादको पेसी न्यायाधीश सुवेदी र पोखरेलको इजलासमा
कुलमान प्रकरणमा प्रधानमन्त्री : मन्त्रीप्रति लोयल्टी नराखे पदमुक्त हुन्छ
कुलमान प्रकरणमा प्रधानमन्त्री : मन्त्रीप्रति लोयल्टी नराखे पदमुक्त हुन्छ
टी–२० विश्वकप एशिया छनोटमा नेपाल हङकङसँग खेल्दै
टी–२० विश्वकप एशिया छनोटमा नेपाल हङकङसँग खेल्दै
काठमाडौं महानगर एक्सनमा : राजधानीको सबै डिजिटल बोर्ड हटाउन सुरु
काठमाडौं महानगर एक्सनमा : राजधानीको सबै डिजिटल बोर्ड हटाउन सुरु
संविधानलाई धेरै नचलाई चुनावको घोषणा गरिएको छ, तोकिएकै समयमा हुनुपर्छ: शेखर कोइराला
संविधानलाई धेरै नचलाई चुनावको घोषणा गरिएको छ, तोकिएकै समयमा हुनुपर्छ: शेखर कोइराला
माघ महिनाका लागि कुन कुन वाणिज्य बैंकहरुले घटाए ब्याजदर ?
माघ महिनाका लागि कुन कुन वाणिज्य बैंकहरुले घटाए ब्याजदर ?
महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना
महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना
सुनको मूल्यमा गिरावट, बढ्यो चाँदी
सुनको मूल्यमा गिरावट, बढ्यो चाँदी