अवैध लागूऔषधसहित तीन जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
३७ पटक हेरिएको
Shares
अवैध लागूऔषधसहित तीन जना पक्राउ

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको चेकिङ एरियाबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने पदार्थ करिब ३ ग्राम २९ मिलिग्राम सहित सुनसरी घर भएका २५ वर्षीय मनिश राई बुधबार दिउँसो पक्राउ परेका छन् ।
  • नेपाल एयरलाईन्सको उडानद्वारा हङकङबाट काठमाडौं आएका उनलाई भन्सार कार्यालयको चेकिङ एरियामा जाँच गर्ने क्रममा हातमा लुकाई छिपाई लैजान लागेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
  • उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

२१ फागुन,  काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको चेकिङ एरियाबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने पदार्थ करिब ३ ग्राम २९ मिलिग्राम सहित सुनसरी घर भएका २५ वर्षीय मनिश राई बुधबार दिउँसो पक्राउ परेका छन् ।

नेपाल एयरलाईन्सको उडानद्वारा हङकङबाट काठमाडौं आएका उनलाई भन्सार कार्यालयको चेकिङ एरियामा जाँच गर्ने क्रममा हातमा लुकाई छिपाई लैजान लागेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-३ डेरा गरी बस्ने सिन्धुली गोलन्जोर गाउँपालिका-५ घर भएका २६ वर्षीय अर्जुन श्रेष्ठलाई नियन्त्रित लागूऔषध डाइजेपाम ५ सय ४० एम्पुल, फेनारगन ५ सय २० एम्पुल, बुप्रेनोर्फिन ५ सय एम्पुल र मोबाइल १ थान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

इलाम, सूर्योदय नगरपालिका-११ तीनघरेबाट अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम सहित इलाम नगरपालिका-५ सुम्बेक बस्ने २६ वर्षीय योगेश राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम र प्रहरी चौकी तीनघरेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुससहित रङ्गेहात पक्राउ परेका इन्जिनियर भ्रष्टाचारमा दोषी ठहर
घुससहित रङ्गेहात पक्राउ परेका इन्जिनियर भ्रष्टाचारमा दोषी ठहर
मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, प्रदेश सभा स्थगित
मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, प्रदेश सभा स्थगित
काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
२३ भदौमा संसद् भवन बाहिरको घटनामा कार्की आयोगले औंल्याएका त्रुटि
२३ भदौमा संसद् भवन बाहिरको घटनामा कार्की आयोगले औंल्याएका त्रुटि
२४ अंकले घट्यो नेप्से, ११ अर्ब २३ करोडको कारोबार
२४ अंकले घट्यो नेप्से, ११ अर्ब २३ करोडको कारोबार
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
प्रधानमन्त्री ओली कतारको दोहामा
प्रधानमन्त्री ओली कतारको दोहामा
सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल तिर्नुपर्ने भएपछि भारतीय सीमावर्ती क्षेत्रमा घट्यो चहलपहल
सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल तिर्नुपर्ने भएपछि भारतीय सीमावर्ती क्षेत्रमा घट्यो चहलपहल
धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति
धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति
निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री
निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री