लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज शपथ लिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ९, २०८३
|
|
१९९ पटक हेरिएको
Shares
लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज शपथ लिँदै

सारांश

  • लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
  • दिउँसो ३ बजेर २५ मिनेटमा बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।
  • प्रदेश प्रमुख घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा हिजो नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

रूपन्देही ।

लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । दिउँसो ३ बजेर २५ मिनेटमा बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । प्रदेश प्रमुख घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा हिजो नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । प्रदेश प्रमुखसमक्ष स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारूले शपथ ग्रहण गर्नेछन् ।

पुनर्गठनपछि तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । त्यस्तै, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

वर्तमान सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट तीन जना र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने गरी भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । केन्द्रमा आएको राजनीतिक परिवर्तनसँगै नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा नेकपासँग सत्ता साझेदारी अघि बढेको हो । लुम्बिनी प्रदेशमा एमालेका २९, नेपाली कांग्रेसका २७, नेपाली कम्युनिष्ट पार्टीका १३, जसपा नेपालका ५, राप्रपाका ४, जनमत पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र १ गरी ८३ जना प्रदेश सभा सदस्य छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलायतमा आयोजित अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा नेपाली सेनाले यस वर्ष पनि जित्यो स्वर्ण पदक
बेलायतमा आयोजित अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा नेपाली सेनाले यस वर्ष पनि जित्यो स्वर्ण पदक
बजेटमा मनोमानी भएको भन्दै छानबिन समिति बनाउन कांग्रेसकै सांसदको माग
बजेटमा मनोमानी भएको भन्दै छानबिन समिति बनाउन कांग्रेसकै सांसदको माग
विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि छानबिन शुरू
विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि छानबिन शुरू
सरकारले ९ महिनामा ८ खर्ब २१ अर्ब राजस्व संकलन गर्‍यो
सरकारले ९ महिनामा ८ खर्ब २१ अर्ब राजस्व संकलन गर्‍यो
धनगढीमा ट्याक्टरको ठक्करबाट घाइते बालकको भारतमा उपचारका क्रममा मृ*त्यु
धनगढीमा ट्याक्टरको ठक्करबाट घाइते बालकको भारतमा उपचारका क्रममा मृ*त्यु
माछा खाएर बिरामी भएका एकै परिवारका ३ बालबालिकाको मृत्यु
माछा खाएर बिरामी भएका एकै परिवारका ३ बालबालिकाको मृत्यु
वीरगन्ज नाकाबाट आयात झन्डै २० प्रतिशतले बढ्यो
वीरगन्ज नाकाबाट आयात झन्डै २० प्रतिशतले बढ्यो
लखनदेही खोलामा नुहाउन गएका सर्लाहीका १८ वर्षीय युवकको डुबेर मृ*त्यु
लखनदेही खोलामा नुहाउन गएका सर्लाहीका १८ वर्षीय युवकको डुबेर मृ*त्यु
सेनिटरी प्याडमा लुकाएर आधा किलो सुन तस्करी, लुट्ने ३ जना पक्राउ
सेनिटरी प्याडमा लुकाएर आधा किलो सुन तस्करी, लुट्ने ३ जना पक्राउ
यू-१९ महिला विश्वकप एसिया छनोटमा आज नेपाल र कुबेत भिड्दै
यू-१९ महिला विश्वकप एसिया छनोटमा आज नेपाल र कुबेत भिड्दै