Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १५, २०८०
|
|
५५ पटक हेरिएको
Shares
राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ

सारांश

  • राष्ट्रपतिबाट कैद मिनाहा पाएको पाँच महिनामा चितवनबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा घर भएर चितवनको भरतपुर महानगरपालिका–९ बस्दै आएका रामचन्द्र थापा छन् ।
  • ५५ वर्षीय थापालाई अपहरणको धम्की दिएर फिरौती मागेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी बिजयराज पण्डितले रातोपाटीलाई बताए ।

१५ कार्तिक, काठमाडौँ । राष्ट्रपतिबाट कैद मिनाहा पाएको पाँच महिनामा चितवनबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा घर भएर चितवनको भरतपुर महानगरपालिका–९ बस्दै आएका रामचन्द्र थापा छन् । ५५ वर्षीय थापालाई अपहरणको धम्की दिएर फिरौती मागेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी बिजयराज पण्डितले रातोपाटीलाई बताए । रामचन्द्र थापाले भरतपुर महानगरपालिका–१ मा धनवन्तरी क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी र उनका छोरालाई अपहरण र हत्या गर्ने धम्की दिएर २५ लाख फिरौती मागेका हुन् ।

उनी गत जेठ १४ मा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि कैदमुक्त भएका थिए । थापा विरुद्ध पछिल्लोपटक २०७५ मंसिर १३ मा जिल्ला प्र्रहरी कार्यालय चितवनमा डाकासम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । सो मुद्दामा चितवन जिल्ला अदालतले उनलाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनी ४ वर्ष ६ महिना ३ दिन कैद भुक्तान गरेर कारागार कार्यालय चितवनबाट थुनामुक्त भएका हुन् । कर्तिक ८ मा साँझ उनले सुवेदीलाई टेलिफोन गरेर हिन्दी भाषामा धम्की दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । रामचन्द्र थापाविरुद्ध चितवनबाट ३ वटा र जिल्ला प्रहरी परिसर ललितपुरबाट एउटा मुद्दा चलेको थियो । थापा विरुद्ध २०६६ मा चोरी र अवैध हतियार देखाएर डाँका गरेको मुद्दा दर्ता भएको थियो । २०७३ मा जिल्ला प्रहरी परिसर ललितपुरले उनीविरुद्ध लागुऔषध मुद्दा र २०७५ मा चिल्ला प्रहरी कार्यालय चितवनले डाँका मुद्दा चलाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै
शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै
काग खोलामा बाँध निर्माण गरिँदै
काग खोलामा बाँध निर्माण गरिँदै
बर्दियामा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु, अमेरिकी नागरिक घाइते
बर्दियामा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु, अमेरिकी नागरिक घाइते
राप्रपा निर्वाचन क्षेत्र नम्बर १ मकवानपुरको दोस्रो क्षेत्रीय अधिवेशन सुरु
राप्रपा निर्वाचन क्षेत्र नम्बर १ मकवानपुरको दोस्रो क्षेत्रीय अधिवेशन सुरु
आर्थिक सर्वेक्षण संसद्‍मा पेस, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत
आर्थिक सर्वेक्षण संसद्‍मा पेस, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुने
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुने
अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै
अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ
आजदेखि राष्ट्र बैंकले दिन थाल्यो सुकिलो नोट
आजदेखि राष्ट्र बैंकले दिन थाल्यो सुकिलो नोट
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति