राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १५, २०८०
|
|
४१ पटक हेरिएको
Shares
राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ

सारांश

  • राष्ट्रपतिबाट कैद मिनाहा पाएको पाँच महिनामा चितवनबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा घर भएर चितवनको भरतपुर महानगरपालिका–९ बस्दै आएका रामचन्द्र थापा छन् ।
  • ५५ वर्षीय थापालाई अपहरणको धम्की दिएर फिरौती मागेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी बिजयराज पण्डितले रातोपाटीलाई बताए ।

१५ कार्तिक, काठमाडौँ । राष्ट्रपतिबाट कैद मिनाहा पाएको पाँच महिनामा चितवनबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा घर भएर चितवनको भरतपुर महानगरपालिका–९ बस्दै आएका रामचन्द्र थापा छन् । ५५ वर्षीय थापालाई अपहरणको धम्की दिएर फिरौती मागेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी बिजयराज पण्डितले रातोपाटीलाई बताए । रामचन्द्र थापाले भरतपुर महानगरपालिका–१ मा धनवन्तरी क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी र उनका छोरालाई अपहरण र हत्या गर्ने धम्की दिएर २५ लाख फिरौती मागेका हुन् ।

उनी गत जेठ १४ मा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि कैदमुक्त भएका थिए । थापा विरुद्ध पछिल्लोपटक २०७५ मंसिर १३ मा जिल्ला प्र्रहरी कार्यालय चितवनमा डाकासम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । सो मुद्दामा चितवन जिल्ला अदालतले उनलाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनी ४ वर्ष ६ महिना ३ दिन कैद भुक्तान गरेर कारागार कार्यालय चितवनबाट थुनामुक्त भएका हुन् । कर्तिक ८ मा साँझ उनले सुवेदीलाई टेलिफोन गरेर हिन्दी भाषामा धम्की दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । रामचन्द्र थापाविरुद्ध चितवनबाट ३ वटा र जिल्ला प्रहरी परिसर ललितपुरबाट एउटा मुद्दा चलेको थियो । थापा विरुद्ध २०६६ मा चोरी र अवैध हतियार देखाएर डाँका गरेको मुद्दा दर्ता भएको थियो । २०७३ मा जिल्ला प्रहरी परिसर ललितपुरले उनीविरुद्ध लागुऔषध मुद्दा र २०७५ मा चिल्ला प्रहरी कार्यालय चितवनले डाँका मुद्दा चलाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री भेट्न बालुवाटारमा
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री भेट्न बालुवाटारमा
सूर्यदर्शन सहकारीका पीडितले अदालत अगाडि बाटोमै सुतेर गरे विरोध
सूर्यदर्शन सहकारीका पीडितले अदालत अगाडि बाटोमै सुतेर गरे विरोध
शक्तिशाली भूकम्पपछि रुसमा ज्वालामुखी विस्फोट
शक्तिशाली भूकम्पपछि रुसमा ज्वालामुखी विस्फोट
९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ
९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ
सीआईबीको ‘असई’ बनेर ठगी गर्ने महिला रौतहटबाट पक्राउ
सीआईबीको ‘असई’ बनेर ठगी गर्ने महिला रौतहटबाट पक्राउ
तिलोत्तमामा कारको ठक्करबाट विद्यार्थीको मृत्यु
तिलोत्तमामा कारको ठक्करबाट विद्यार्थीको मृत्यु
सजिवनको खेती विस्तार गर्दै चन्द्रनगर गाउँपालिका
सजिवनको खेती विस्तार गर्दै चन्द्रनगर गाउँपालिका
चाडबाड लक्षित यातायात व्यवस्थापनमा मन्त्री घिसिङको ७ बुँदे निर्णय: सुरुङमार्ग, सुरक्षा, सडक सुधारदेखि कन्ट्रोल रुमसम्म
चाडबाड लक्षित यातायात व्यवस्थापनमा मन्त्री घिसिङको ७ बुँदे निर्णय: सुरुङमार्ग, सुरक्षा, सडक सुधारदेखि कन्ट्रोल रुमसम्म
विपदमा देशभर ४९ जनाको मृत्यु, ४० जना बेपत्ता
विपदमा देशभर ४९ जनाको मृत्यु, ४० जना बेपत्ता