भूकम्प पीडितका लागि नेपाल बैंकबाट प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ११, २०८०
|
|
३२ पटक हेरिएको
Shares
भूकम्प पीडितका लागि नेपाल बैंकबाट प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण

सारांश

  • नेपाल बैंक लिमिटेडले जाजरकोट भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बालुवाटारमा सोमबार आयोजित एक कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा.
  • चन्द्रबहादुर अधिकारीले उक्त चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

११ मंसिर, काठमाडौं । नेपाल बैंक लिमिटेडले जाजरकोट भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बालुवाटारमा सोमबार आयोजित एक कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले उक्त चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अध्यक्ष अधिकारीले बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महामारीको रोकथाम तथा नियन्त्रण लगायत विभिन्न विपत्को समयमा आर्थिक सहयोग प्रदान गर्दै आएकोमा सो को निरन्तरता स्वरूप जाजरकोट भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको र आगामी दिनमा समेत यस प्रकारको सहयोग जारी रहने प्रतिवद्धता जनाए ।संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा हुने गरी सहयोग गरिएको बैंकले जनाएको छ । कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शम्शेर जबरा, कामु प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका कम्पनी सचिव केशवप्रसाद भण्डारी, वरिष्ठ प्रबन्धक विश्वराज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

 प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक
 प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
सडक ढाकेर शिक्षकहरुको प्रदर्शन, यातायात प्रभावित
सडक ढाकेर शिक्षकहरुको प्रदर्शन, यातायात प्रभावित
कोशी र गण्डकीमा भारी वर्षा, बाढीको खतरा बढेपछि सतर्कताको सूचना जारी
कोशी र गण्डकीमा भारी वर्षा, बाढीको खतरा बढेपछि सतर्कताको सूचना जारी
राजीनामा नदिने गृहमन्त्रीको अडान, संसदमा बोल्न मागे समय
राजीनामा नदिने गृहमन्त्रीको अडान, संसदमा बोल्न मागे समय
देशका अधिकांश स्थानमा पानी पर्ने, चार प्रदेशमा ‘भारी वर्षाको सम्भावना
देशका अधिकांश स्थानमा पानी पर्ने, चार प्रदेशमा ‘भारी वर्षाको सम्भावना
धनुषाको मिथिला बिहारी नगरपालिकाको कृषि शाखा द्वारा मनायो २१ औँ राष्ट्रिय धान दिवस
धनुषाको मिथिला बिहारी नगरपालिकाको कृषि शाखा द्वारा मनायो २१ औँ राष्ट्रिय धान दिवस
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिँदै
विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकियो : प्रचण्ड
विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकियो : प्रचण्ड
सीसीटीभीबाट पत्ता लाग्यो पुणेमा बसभित्र युवतीलाई बलात्कार गर्ने युवक
सीसीटीभीबाट पत्ता लाग्यो पुणेमा बसभित्र युवतीलाई बलात्कार गर्ने युवक