जानकी नवमीमा राष्ट्रिय बिदा दिन जनकपुरधामका साधुसन्तको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ७, २०८२
|
|
३२ पटक हेरिएको
Shares
जानकी नवमीमा राष्ट्रिय बिदा दिन जनकपुरधामका साधुसन्तको माग

सारांश

  • आइतबार रामानन्दीय वैष्णव संघले पत्रकार सम्मेलनको आयोजना गरी जानकी नवमीमा राष्ट्रिय बिदा माग गरेका हुन् ।
  • वैशाख २३ गते जानकी नवमी (जन्मोत्सव) रहेको छ ।
  • संघका अध्यक्ष तथा जानकी मन्दिरका सहायक महन्थ रामरोसन दासले सो दिन बिदाको माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

 

७ वैशाख, जनकपुरधाम

जनकपुरधामका साधुसन्तहरुले जानकी नवमीमा राष्ट्रिय बिदा दिन माग गरेका छन् । आइतबार रामानन्दीय वैष्णव संघले पत्रकार सम्मेलनको आयोजना गरी जानकी नवमीमा राष्ट्रिय बिदा माग गरेका हुन् । वैशाख २३ गते जानकी नवमी (जन्मोत्सव) रहेको छ । संघका अध्यक्ष तथा जानकी मन्दिरका सहायक महन्थ रामरोसन दासले सो दिन बिदाको माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

जानकी नवमीमा प्रदेश सरकारले बिदा दिँदै आएको छ । तर, जानकी (सीता) प्रदेशको मात्र नभई देश गौरवका रूपमा रहेको भन्दै राष्ट्रिय बिदा दिन माग गरेको संघका अध्यक्ष दासले बताए । राम नवमी प्रदेशको मात्र नभई देशको गौरव रहेको भन्दै यसलाई राष्ट्रिय पर्वको रूपमा मनाउनुपर्ने बताउँदै महन्थ दासले भने, ‘जानकी नवमीमा राष्ट्रिय बिदा पनि दिइनुपर्छ । जानकी नवमीमा राष्ट्रिय बिदा दिएर सरकारले त्यसलाई पर्यटकसँग जोड्नुपर्नेमा जोड दिनु पर्छ ।’

यस वर्ष ९ दिनसम्म जानकी नवमी मनाइने साधु समाजको तयारी छ । पहिलो दिन दूधमती नदीमा शाही स्नान गरी रामायण पाठ र रामकथा सबै दिन गरिने महन्थ दासले जानकारी दिए ।  उनका अनुसार रामकथामा राम र सीताका बारेमा धार्मिक गुरुले चर्चा गर्नेछन् । मुख्य दिन जन्म आरती, सन्ध्या आरती र दीप प्रज्वलन गर्ने तालिका छ । जानकी नवमीको अवसरमा मठ मन्दिरले गोष्ठी पनि आयोजना गरी जानकी नवमी मनाउने तयारीमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?