स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता होस् : उपराष्ट्रपति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १७, २०८२
|
|
२९ पटक हेरिएको
Shares
स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता होस् : उपराष्ट्रपति

सारांश

  • उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गर्नुपर्ने बताएका छन् ।
  • शनिबार सिंहदरबारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  • उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधार भएको बताए ।

१७ माघ, काठमाडौं ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गर्नुपर्ने बताएका छन् । शनिबार सिंहदरबारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधार भएको बताए । यसका लागि सञ्चारमाध्यमहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि, शान्तिपूर्ण वातावरणमा निर्माणमा सञ्चारमाध्यमले योगदान गर्नुपर्नै बताए । पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ बनाउँदै समावेशिता, समान अवसर र सबैको आवाजलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी दृढतापूर्वक निर्वाह गर्न आग्रह गरे । सत्य, निष्पक्षता, जनमुखी दृष्टिकोणलाई आत्मसात गर्दै राष्ट्र निर्माण लाग्न पनि आह्वान गरे ।

उनले भने, ‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधार हो । यसका लागि सञ्चारमाध्यमहरुको भूमिका महत्वपूर्ण छ । निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि, शान्तिपूर्ण वातावरणमा निर्माणमा सञ्चारमाध्यमले योगदान गर्नुपर्छ । पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ बनाउँदै समावेशिता, समान अवसर र सबैको आवाजलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी दृढतापूर्वक निर्वाह गरौँ । सत्य, निष्पक्षता, जनमुखी दृष्टिकोणलाई आत्मसात गर्दै राष्ट्र निर्माणमा निर्वाह गरौँ ।’ उनले डिजिटल माध्यममार्फत जनतासामु पुग्नुपर्ने आजको आवश्यकता रहेको बताए । राष्ट्रको आवाजलाई सशक्त बनाउनु सञ्चारमाध्यमहरुको प्रमुख दायित्व भएको बताए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
बजेटमा ‘जसको हात, उसैको जगन्नाथ’ नहोस् : सांसद महतो
बजेटमा ‘जसको हात, उसैको जगन्नाथ’ नहोस् : सांसद महतो
पहिचान पक्षधरलाई प्रधानमन्त्रीको आग्रह– राजनीतिक नेतृत्वमा गोलबन्द हुनुहोस्
पहिचान पक्षधरलाई प्रधानमन्त्रीको आग्रह– राजनीतिक नेतृत्वमा गोलबन्द हुनुहोस्
रास्वपाले तोक्यो महाधिवेशनको मिति र स्थान
रास्वपाले तोक्यो महाधिवेशनको मिति र स्थान
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त
चुम्चेत लघुजलविद्युत् आयोजना मर्मत   
चुम्चेत लघुजलविद्युत् आयोजना मर्मत   
सरकारले आन्दोलनमा अवरोध गरे प्रतिकार हुन्छ, हातमा दही जमाएर बस्दैनौँ – लिङ्देन
सरकारले आन्दोलनमा अवरोध गरे प्रतिकार हुन्छ, हातमा दही जमाएर बस्दैनौँ – लिङ्देन
दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुन्छ : प्रधानमन्त्री
दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुन्छ : प्रधानमन्त्री
कर्णालीमा कांग्रेसले शक्ति प्रदर्शन गर्दै
कर्णालीमा कांग्रेसले शक्ति प्रदर्शन गर्दै
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी