बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १७, २०८२
|
|
२९ पटक हेरिएको
Shares
बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा

सारांश

  • अविरल वर्षासँगै आएको बाढीका कारण निर्माणाधीन पूर्वपश्चिम राजमार्गको केही स्थानमा सडक अवरुद्ध भएको छ ।
  • बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो ।
  • जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार काली खोलाले बाढीले ड्राइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ ।

१७ जेठ, विराटनगर ।

अविरल वर्षासँगै आएको बाढीका कारण निर्माणाधीन पूर्वपश्चिम राजमार्गको केही स्थानमा सडक अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार काली खोलाले बाढीले ड्राइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ । यद्धपि बैकल्पिक बाटोबाट यातायात खुलाइएको उनले बताए । बाढीले धुलाबारीनजिकको कल्भर्टको ड्राइभर्सन बगाएको छ । सो स्थानमा अस्थायी रुपमा माटो पुरेर एकतर्फी यातायात सुचारु गरिएको छ ।

बुट्टावारी चारआली सडकखण्डमा पनि बाढीले डाइभर्सनमा क्षति पुर्‍याएको छ । प्रहरी उपरीक्षक लिम्बुका कारण निकास नहुँदा निर्माणाधीन सडकको डाइभर्सनमा पानी जमेका कारण यातायातमा समस्या भएको हो । ‘पुल कल्भट निर्माणका लागि डाइभर्सन बनाइएको छ’, उनले भने, ‘सडक छेउमा माटो पुरेर बनाइएका डाइभर्सनमा केही समस्या आएको हो ।’ उनका अनुसार माइखोलामा आएको बाढी भने बस्ती पसेको छ । झापाको झापा गाउँपालिका २ मा बस्तीमा पसेको हो । नदीको बाढी बस्ती तर्फ गएपछि २२ घर परिवार विस्थापित भएका छन् । घटनास्थलमा प्रहरी र जनप्रतिनिधिको टोली पुगेर स्थानीयलाई सारेको उनले बताए । उनका अनुसार केही घरमा बाढीको पानी पसेको हो । मनसुन भित्रिएको एक दिनपछि वर्षासँगै आएको बाढीका कारण  कोशी लोकमार्ग पनि अवरुद्ध भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै
रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै
उच्च अंकले घटेको सुनको मूल्य आज फेरि बढ्यो, तोलाको कति पुग्यो?
उच्च अंकले घटेको सुनको मूल्य आज फेरि बढ्यो, तोलाको कति पुग्यो?
विदेश पठाउने नाममा ३० लाख ठगी आरोपमा ३ जना पक्राउ
विदेश पठाउने नाममा ३० लाख ठगी आरोपमा ३ जना पक्राउ
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
राष्ट्रपति रामचन्द्र पौडेल आज महोत्तरी आउनु हुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज महोत्तरी आउनु हुँदै
सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा
सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा
जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु : रमेश लेखक
जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु : रमेश लेखक
देशको आर्थिक रुपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ – प्रधानमन्त्रीको दाबी
देशको आर्थिक रुपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ – प्रधानमन्त्रीको दाबी
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द