बिरीयानीपछि तरबूजा खाँदा एउटै परिवारका ४ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १५, २०८३
|
|
१७८ पटक हेरिएको
Shares
बिरीयानीपछि तरबूजा खाँदा एउटै परिवारका ४ जनाको मृत्यु

सारांश

  • भारतको मुम्बईस्थित पायधुनी क्षेत्रमा बिरीयानी खाएपछि तरबूजा खाँदा एउटै परिवारका चार जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ।
  • प्रारम्भिक अनुसन्धानमा खाद्य विषाक्तता (फुड प्वाइजनिङ) को आशंका गरिएको प्रहरीले जनाएको छ।
  • मृत्यु हुनेमा बाबु–आमा र दुई छोरी रहेका छन्।

मुम्बई । भारतको मुम्बईस्थित पायधुनी क्षेत्रमा बिरीयानी खाएपछि तरबूजा खाँदा एउटै परिवारका चार जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ। प्रारम्भिक अनुसन्धानमा खाद्य विषाक्तता (फुड प्वाइजनिङ) को आशंका गरिएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा बाबु–आमा र दुई छोरी रहेका छन्। उनीहरूले शनिबार राति करिब १०:३० बजे आफन्तहरूसँगै बिरीयानी खाएका थिए। तर, सोही राति करिब १ बजे ती चार जनाले मात्र तरबूजा खाएको बताइएको छ।

प्रहरीका अनुसार बिहान सबेरैदेखि उनीहरूमा बान्ता, झाडापखाला र अत्यधिक अस्वस्थता देखिन थालेको थियो। अवस्था गम्भीर बन्दै गएपछि उपचारका लागि अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा चारै जनाको मृत्यु भएको हो।
बिरीयानी खाएका अन्य आफन्तमा कुनै समस्या नदेखिएकोले तरबूजाबाट विषाक्तता भएको हुन सक्ने आशंका गरिएको प्रहरीको भनाइ छ। Hindinews18

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा युवा संगठन अधिवेशनमा धवल पक्षले गरे विजयको घोषणा
राप्रपा युवा संगठन अधिवेशनमा धवल पक्षले गरे विजयको घोषणा
ट्राफिक सप्ताहको दोस्रो दिन १९ हजारभन्दा बढी सडक प्रयोगकर्ता सचेत
ट्राफिक सप्ताहको दोस्रो दिन १९ हजारभन्दा बढी सडक प्रयोगकर्ता सचेत
दिनहुँ भूकम्प गइरहेको छ, सुरक्षितपूर्वक बस्नुहोला : प्रधानमन्त्री
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि
कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि
नेकपा एमालेको सचिवालय बैठक बस्दै
नेकपा एमालेको सचिवालय बैठक बस्दै
नेपाल हुँदै अवैध रूपमा भारत प्रवेश गर्न लागेका उज्बेकिस्तानी महिला र नेपाली युवक पक्राउ
नेपाल हुँदै अवैध रूपमा भारत प्रवेश गर्न लागेका उज्बेकिस्तानी महिला र नेपाली युवक पक्राउ
दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी
दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक
वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक