लेबनानमा इजरायलको घा*तक हमला, २५० भन्दा बढीको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २६, २०८२
|
|
२९८ पटक हेरिएको
Shares
लेबनानमा इजरायलको घा*तक हमला, २५० भन्दा बढीको मृ*त्यु

सारांश

  • इजरायलले लेबनानमा हालसम्मको सबैभन्दा ठूलो हवाई आक्रमण गर्दा २५० भन्दा बढी मानिसको मृत्यु भएको छ ।
  • हिज्बुल्लाहसँगको द्वन्द्व सुरु भएयता इजरायलको यो सबैभन्दा घातक हमला हो ।
  • बुधबार भएको आक्रमणमा २५४ जनाको मृत्यु र १ हजार १०० भन्दा बढी घाइते भएको लेबनानको नागरिक सुरक्षा निकायलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

२६ चैत, काठमाडौं ।

इजरायलले लेबनानमा हालसम्मको सबैभन्दा ठूलो हवाई आक्रमण गर्दा २५० भन्दा बढी मानिसको मृत्यु भएको छ । हिज्बुल्लाहसँगको द्वन्द्व सुरु भएयता इजरायलको यो सबैभन्दा घातक हमला हो । बुधबार भएको आक्रमणमा २५४ जनाको मृत्यु र १ हजार १०० भन्दा बढी घाइते भएको लेबनानको नागरिक सुरक्षा निकायलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने देशभर १८२ जनाको मृत्यु पुष्टि गरेको छ, यद्यपि यो अन्तिम विवरण नभएको उसले जनाएको छ । राजधानी बेरुतमा मात्रै ९१ जनाको ज्यान गएको छ ।

संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले ‘यस्तो नरसंहार अविश्वसनीय र भयावह’ भएको टिप्पणी गरेका छन् । बुधबार दिउँसो लगातार पाँच पटकसम्म ठूला विस्फोट हुँदा आकाशमा धुवाँका मुस्लाहरू देखिएका थिए । इजरायली सेनाका अनुसार १० मिनेटभित्र बेरुत, बेका उपत्यका र दक्षिणी लेबनानका १०० भन्दा बढी सैन्य संरचना र कमाण्ड केन्द्रमा समन्वित आक्रमण गरिएको थियो । यसैबीच, हिज्बुल्लाहले युद्धविराम उल्लंघनको आरोप लगाउँदै उत्तरी इजरायलको मनारा क्षेत्रमा रकेट आक्रमण गरेको जनाएको छ । ‘हाम्रो देश र जनतामाथिको इजरायली–अमेरिकी आक्रमण बन्द नभएसम्म जवाफ जारी रहनेछ,’ हिज्बुल्ला समूहले विज्ञप्तिमा उल्लेख गरेको छ । हिज्बुल्लाहले इजरायलतर्फ गत मार्च २ आक्रमण गरेपछि इजरायल आक्रामक देखिएको छ । त्यसपछि इजरायलले हवाई तथा स्थल आक्रमण तीव्र बनाएको छ ।

क्षेत्रीय युद्धविराम प्रयास संकटमा

यस घटनाले क्षेत्रीय युद्धविराम प्रयासमाथि गम्भीर प्रश्न उठाएको रोयटर्सको समाचारमा उल्लेख छ । इमेरिका र इरानबीच बुधबारदेखि सुरु भएको दुई साताको युद्धविरामलाई इजरायलले पनि समर्थन गरेको छ । तर इजरायलले लेबनानमा भने आक्रमण नरोक्ने स्पष्ट पारेको छ । इरानी राष्ट्रपति मसूद पेज़ेशकियनले भने लेबनानमा युद्धविराम कायम हुनु आफ्नो देश र अमेरिकाबीचको सहमतिको मुख्य शर्त भएको बताएका छन् । इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणबाट उद्धार कार्य निकै कठिन भएको स्थानीय सञ्चारकर्मीले बताएका छन् । एम्बुलेन्स अभावका कारण घाइतेलाई मोटरसाइकलमार्फत अस्पताल पुर्‍याइएको देखिएको छ । बेरुतका ठूला अस्पतालहरुले सबै समूहको रगत आवश्यक भएको भन्दै सहयोगको अपिल गरेका छन् । आक्रमणका कारण राजधानीका ठूला भवनहरु ध्वस्त भएका छन् । उद्धारकर्मीहरूले एक वृद्ध महिलालाई क्रेनको सहायताले भवनबाट बाहिर निकालेको दृश्य देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुधवारदेखि शिक्षक आन्दोलनको समय बिहान ११ बजेदेखि २ बजेसम्म
बुधवारदेखि शिक्षक आन्दोलनको समय बिहान ११ बजेदेखि २ बजेसम्म
साढे ४ महिनामा ३२८१ विपद्का घटना, २०७ जनाको मृत्यु
साढे ४ महिनामा ३२८१ विपद्का घटना, २०७ जनाको मृत्यु
बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ
बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ
नयाँ ड्राइभिङ लाइसेन्सका लागि बन्द प्रणाली सञ्चालनमा
नयाँ ड्राइभिङ लाइसेन्सका लागि बन्द प्रणाली सञ्चालनमा
हिजो ६ हजार ९ सय घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ करोबार ?
हिजो ६ हजार ९ सय घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ करोबार ?
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
माधव नेपालको दाबी: मेरो त भ्रष्टाचारको केस नै होइन
माधव नेपालको दाबी: मेरो त भ्रष्टाचारको केस नै होइन
बागमती प्रदेशसभाः बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ
बागमती प्रदेशसभाः बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ
उपेन्द्र यादवले गरे जसपा नेपालको केन्द्रीय कमिटी घोषणा, २१५ सदस्यमा को-को परे ? (नामसहित)
उपेन्द्र यादवले गरे जसपा नेपालको केन्द्रीय कमिटी घोषणा, २१५ सदस्यमा को-को परे ? (नामसहित)
चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला
चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला