सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि सकिँदैनः प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १५, २०८२
|
|
३६ पटक हेरिएको
Shares
सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि सकिँदैनः प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सनको  काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि नसकिने स्थिति रहेको बताउनुभएको छ ।
  • बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले काममा ढिलासुस्ती गर्दा यो अवस्था आएको भन्दै आफूले बारम्बार बैठक बोलाएर छिटो काम सम्पन्न गर्न निर्देशन दिएको पनि बताउनु भयो ।

१५ साउन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सनको  काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि नसकिने स्थिति रहेको बताउनुभएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काममा ढिलासुस्ती गर्दा यो अवस्था आएको भन्दै आफूले बारम्बार बैठक बोलाएर छिटो काम सम्पन्न गर्न निर्देशन दिएको पनि बताउनु भयो ।

तीन वर्षसम्म सकिसक्नुपर्ने आयोजना ६ वर्ष भइसक्दा समेत नसकेको स्थिति रहेको बताउनु भयो । उहाँले अहिले जलवायु परिवर्तनको कारण अनौठो समस्या आइरहेको बताउनु भयो । अन्नको भण्डार तराईमा वर्षा नहुँदा हालसम्म ५० प्रतिशत भन्दा बढी रोपाईं हुन नसकेको बताउनु भयो । देशभरमा अहिलेसम्म २५ लाख हेक्टर सिंचाईयोग्य जमिनमा १५ लाख हेक्टरमा मात्रै सिंचाई पु¥याएको बताउनु भयो । सबै महिना सबै सिजनमा खेती लगाउन सकिने गरी ५ लाख हेक्टरमा मात्रै सिंचाईको सुविधा रहेको बताउनु भयो । सबै महिनामा  सिंचाई पु¥याउन अब पाँच गुणा बढी मेहनत गर्नुपर्ने र अरु ४० प्रतिशत मेहनत सिजनल सिंचाईका लागि पनि गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले जलवायु परिवर्तनको कारण अनौठो भइरहेको छ ।

तराई–मधेस जहाँ अन्नको भण्डार हो । मधेस प्रदेशले वर्षा लाग्नु भन्दा अगाडि घोषणा गरेको थियो, मधेसको अन्नले देशलाई पाल्छौँ भनेर । त्यति अन्न उब्जाउँछाँै भन्ने घोषणा गरेको थियो । तर साउन १५ मा पुग्दा आधा खेत रोपिएको छैन । पानी परेको छैन । सबै ठाउँमा सिंचाईको प्रवन्ध छैन । देशभरमा अहिलेसम्म हामीसँग २५ लाख हेक्टर सिंचाईयोग्य जमिनमा १५ लाख हेक्टरमा मात्रै सिंचाई पु¥याएका छौँ । सबै महिना सबै सिजनमा खेती लगाउन सकिने गरी, खेती गर्नसक्ने गरी त्यसको एक तिहाई भूभाग पाँच लाख हेक्टरमा मात्रै सिंचाई सबै महिनामा पु¥याउन सकिएको छ । सबै महिनामा  सिंचाई पु¥याउन अब पाँच गुणा बढी मेहनत गर्नुपर्नेछ । अरु ४० प्रतिशत मेहनत सिजनल सिंचाईका लागि पनि गर्नुपर्नेछ ।

जसको अभावका कारणले अहिले हामी खेती सकेर खिर खाने दिन ५० प्रतिशत मात्रै खेती (धान रोपाईं सकेको स्थितिमा छौँ । त्यसप्रति सरकार चिन्तित छ । चाडको रुपमा एकतिर निरन्तरता दिएका छौँ भने सबै सिजनमा सबै वर्ष सबै ठाउँमा यस्तै चाड सबैले मनाउन पाइयोस् भन्ने प्रवन्धतर्फ अग्रसर पनि छौँ । र प्रतिवद्धता पनि त्यसमा रहेको छ । हाम्रा कामहरुमा ढिलासुस्ती छ । सुनकोशी मरिन डाइभर्सन दुई, तीन वर्षमा सक्नुपर्ने, पाँच, ६ वर्ष भइसक्यो, कति वटा पक्ष त्यसको शुरु नै भएको छ । यसै हिसावले गर्ने हो भने २५ वर्षमा पनि नसकिने गरी काम भइरहेको छ । यसमा ताकेता गरेर अघि बढाइरहेको छु । कामप्रति ठेकेदारलाई झक्झक्याइरहेको छु । दुई पटक ठेकेदार कम्पनी र मन्त्रालयका मानिसहरु राखेर पनि कुरा गरेँ, कसरी अघि बढाउने भनेर ।’ प्रधानमन्त्री ओलीले साउन १५ लाई सबै नेपालीले खुशीसाथ मनाउने गरी आगामी दिनमा वातावरण मिलाउनुपर्ने बताउनु भयो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यमन्त्री भन्छन्- सरकारी अस्पताललाई औषधि छैन भन्ने छुट छैन
स्वास्थ्यमन्त्री भन्छन्- सरकारी अस्पताललाई औषधि छैन भन्ने छुट छैन
भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको मृ*त्यु
भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको मृ*त्यु
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
गुन्डुमा सार्वजनिक भए एमाले अध्यक्ष ओली
गुन्डुमा सार्वजनिक भए एमाले अध्यक्ष ओली
पोखरा विरुद्ध टस जितेर ब्याटिङ गर्दै लुम्बिनी
पोखरा विरुद्ध टस जितेर ब्याटिङ गर्दै लुम्बिनी
रुपन्देहीमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना गम्भीर
रुपन्देहीमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना गम्भीर
पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न उच्च अदालतको आदेश
पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न उच्च अदालतको आदेश
बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी
बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी
पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आ*क्रमण, ३ जनाको मृ*त्यु
पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आ*क्रमण, ३ जनाको मृ*त्यु
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली