सर्वोच्च अदालतका सबै पेशी स्थगित, कुनै मुद्दाको सुनुवाइ नहुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
१६ पटक हेरिएको
Shares
सर्वोच्च अदालतका सबै पेशी स्थगित, कुनै मुद्दाको सुनुवाइ नहुने

सारांश

  • पूर्व न्यायाधीश शारदा श्रेष्ठको शुक्रबार निधन भएको शोकमा आइतबारका लागि तोकिएका सर्वोच्चका सबै पेशी स्थगित गरिएको हो ।
  • ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको शुक्रबार बिहान उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो ।
  • शारदा नेपालकी पहिलो महिला न्यायाधीश हुन् ।

१८ फागुन,  काठमाडौं- सर्वोच्च अदालतमा आइतबारका लागि तय भएका सबै पेशी स्थगित गरिएको छ । पूर्व न्यायाधीश शारदा श्रेष्ठको शुक्रबार निधन भएको शोकमा आइतबारका लागि तोकिएका सर्वोच्चका सबै पेशी स्थगित गरिएको हो । ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको शुक्रबार बिहान उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो ।

शारदा नेपालकी पहिलो महिला न्यायाधीश हुन् । उनी न्यायाधीशका रुपमा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्याायधीश थिइन् । २०६१ वैशाखमा उनी सर्वोच्चकी न्यायाधीश भएकी थिइन् । उनी ०६५ जेठमा सर्वोच्चबाट बिदा भएकी थिइन् । सर्वोच्च पुग्नुअघि उनी उच्च अदालत राजविराजमा कार्यरत थिइन् । शुक्रबार सार्वजनिक बिदा परेकाले सर्वोच्चले उनको निधनको शोकमा आइतबारको पेशी स्थगित गरिएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह प्रयोग विहीन
आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह प्रयोग विहीन
भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प,
भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प,
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
अक्सिजन सिलिण्डरभित्र लुकाएर लागु औषध तस्करी, कुलेश्वरबाट दुई भारतीय पक्राउ
अक्सिजन सिलिण्डरभित्र लुकाएर लागु औषध तस्करी, कुलेश्वरबाट दुई भारतीय पक्राउ
एसीसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
एसीसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
सौर्यका पाइलट डिस्चार्जको तयारीमा, भन्छन्– पुनर्जन्म पाएँ
सौर्यका पाइलट डिस्चार्जको तयारीमा, भन्छन्– पुनर्जन्म पाएँ
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ : ईश्वर पोखरेल
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ : ईश्वर पोखरेल
प्रधानमन्त्री र १३ नियोगका प्रमुखबीच छलफल : श्रम आप्रवासन र मानव तस्करी प्रमुख एजेन्डा
प्रधानमन्त्री र १३ नियोगका प्रमुखबीच छलफल : श्रम आप्रवासन र मानव तस्करी प्रमुख एजेन्डा
आजको मौसम : तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा
आजको मौसम : तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा
पूर्वप्रधानमन्त्री माधव नेपाल विरुद्धको उजुरी प्रमाण नपुगेको भन्दै दरपीठ
पूर्वप्रधानमन्त्री माधव नेपाल विरुद्धको उजुरी प्रमाण नपुगेको भन्दै दरपीठ