सर्लाहीमा एक जना इँटा व्यवसायीको हत्या, उखु बारीमा गाडिएको अवस्थामा शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २०, २०८१
|
|
३८ पटक हेरिएको
Shares
सर्लाहीमा एक जना इँटा व्यवसायीको हत्या, उखु बारीमा गाडिएको अवस्थामा शव फेला

सारांश

  • हरिवन नगरपालिका–१०, इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईको हत्या भएको हो ।
  • परिवारले दिएको जानकारी अनुसार व्यवसायी प्रसाई यही पुस १५ गते बिहान बरहथवा नगरपालिका–९, मूर्तियाबाट पैसा लिएर आउँछु भनी घरबाट निस्किएका थिए ।
  • घर फर्किएर नआएपछि सोही दिनदेखि परिवार, गाउँले, आफन्त र प्रहरी भएर निरन्तर प्रसाईको खोजी गरिरहेका थिए ।

 

२० पुस – सर्लाहीको हरिवनमा एक जना इँटा व्यवसायीको हत्या भएको छ । हरिवन नगरपालिका–१०, इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईको हत्या भएको हो । परिवारले दिएको जानकारी अनुसार व्यवसायी प्रसाई यही पुस १५ गते बिहान बरहथवा नगरपालिका–९, मूर्तियाबाट पैसा लिएर आउँछु भनी घरबाट निस्किएका थिए ।

घर फर्किएर नआएपछि सोही दिनदेखि परिवार, गाउँले, आफन्त र प्रहरी भएर निरन्तर प्रसाईको खोजी गरिरहेका थिए । खोजी गर्नेक्रममा आज बिहान ११ बजेतिर घर नजिकै हरिवन नगरपालिका–१०, स्थित उखुबारीमा हत्या गरेर गाडेको अवस्थामा प्रसाईको शव फेला परेको प्रहरीले जनायो । इँटा व्यवसायी प्रसाईको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ता, प्रादेशिक अस्पताल मलंगवाका चिकित्सकसहितको टोलीले घटनास्थलको निरीक्षण गरेर फर्किएको छ ।

प्रहरीले प्रसाईको हत्यामा संलग्न रहेको आशङ्कामा प्रसाईकै गाउँका एक स्थानीय युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । शान्ति सुरक्षामा खलल पुग्ने भन्दै प्रहरीले ती युवकको नाम गोप्य राखेको छ । उनले प्रसाईको हत्या गरेको स्वीकार गरिसकेका सर्लाहीका एक सुरक्षा अधिकारीले बताए । मृतक प्रसाईको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारले बुझेर हरिवन ल्याइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?