छुट्टाछुट्टै सवारी दु*र्घटनामा आठ जनाको मृ*त्यु
सारांश
- दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राइम अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
- साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
- कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ स्थित सडकमा प्र१-०१-००१ ज ३८६८ नम्बरको कार र प्र १-०२-०४२ प ६३१४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार भोक्राहा नरसिंह गाउँपालिका-१ बस्ने ६२ वर्षीय जनक लाल मेहताको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राइम अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी सुनसरीकै कोसी गाउँपालिका-१ लौकहीस्थित सडकमा प्र०१-०२-०५७ प ७२६१ नम्बरको मोटरसाइकल र प्र१-०२-०५७ प ०१३७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा प्र१-०२-०५७ प ०१३७ नम्बरको मोटरसाइकल चालक भोक्राहा नरसिंह गाउँपालिका-३ बस्ने २२ वर्षीय अर्जुन यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवारमध्ये १ जनाको न्यूरो अस्पताल विराटनगरमा र २ जनाको धरान घोपामा उपचार भइरहेको छ।

यसैगरी सुनसरी धरान उपमहानगरपालिका ८ शनी मन्दिरस्थित सडकमा ईटहरीबाट धरानतर्फ आउँदै गरेको को ३८ प ५९८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-५ देउराली बस्ने २५ वर्षीय सम्राट तामाङको मृत्यु भएको छ। बिहीबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा गए राति मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
रौतहट, वृन्दावन नगरपालिका ६ हर्षाहा चोकस्थित सडकमा चपुरबाट गौरतर्फ जाँदै गरेको मप्र०३-०३१ प००३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री गुजरा नगरपालिका-८ देविपुर बस्ने २७ वर्षीय अबदुल सहमदको बिहीबार बेलुकी मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सडकमा दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग४ च २२८१ नम्बरको कारको ठक्करबाट पैदलयात्री शुक्लागण्डकी नगरपालिका-११ राईपुर बस्ने ६८ वर्षीय सन्तमान श्रेष्ठको बिहीबार साँझ मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटामा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कञ्चनपुर, बेलौरी नगरपालिका-२ खैरेनीस्थित सडकमा यूपी ३१ एस ८३१४ नम्बरको मोटरसाइकल बिहीबार बिहान दुर्घटना हुँदा चालक भारत लखिमपुर खिरी थाना सम्पूर्णानगर-१ बस्ने ६५ वर्षीय सतरोहन लाल यादवको घट्नास्थलमै मृत्यु भएको छ।
दाङ, घोराही उपमहानगरपालिका-१५ सुस्मा रोडस्थित सडकमा सुस्मा रोडबाट पाठक चोकतर्फ जाँदै गरेको लुप्र०२-००२ प ४३०२ नम्बरको स्कुटर अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका-१५ रतनपुर बस्ने २१ वर्षीय अस्मित कँवरको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा
घाइते भएका स्कुटरमा सवार १ जनालाई थप उपचारको लागि संजिवनि अस्पताल रिफर गरिएको छ।
स्याङ्जा, बिरूवा गाउँपालिका-३ ठाटीस्थित सडकमा ग-२६ प १३५० नम्बरको स्कुटर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक बिरूवा गाउँपालिका-२ बस्ने ३९ वर्षीया रेवती गुरूङको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
सम्बन्धित खबर
प्रतिक्रिया