वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
२१ पटक हेरिएको
Shares
वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव

सारांश

  •   खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताउनुभएको छ ।
  • आज वडा नं २१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास गर्दैै उहाँले उक्त निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षातको समयमा हुने जल जमावटको समस्या पूर्णरुपमा समाधान हुने र आवागमनमा समेत सहजता आउने बताउनुभयो ।
  • मन्त्री यादवले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नागरिकको दैनिक जीवन सहज बनाउन यस्ता आयोजना निकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

४ जेठ, काठमाडौं । 

खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताउनुभएको छ । आज वडा नं २१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास गर्दैै उहाँले उक्त निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षातको समयमा हुने जल जमावटको समस्या पूर्णरुपमा समाधान हुने र आवागमनमा समेत

सहजता आउने बताउनुभयो । मन्त्री यादवले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नागरिकको दैनिक जीवन सहज बनाउन यस्ता आयोजना निकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “खानेपानी तथा ढल निकासको क्षेत्रमा निकै उल्लेख्य काम भएका छन्, नागरिकको दैनिक जीवन सहज बनाउन सरकार पूर्ण प्रतिबद्ध छ ।”

शुद्ध खानेपानी वितरण, नाला तथा ढल निर्माणजस्ता जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सेवा सुविधालाई प्राथमिकतामा राख्दै ती कार्य समयमै सम्पन्न गर्नसमेत मन्त्री यादवले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । रु एक करोड ७२ लाखको लागत शिलान्यास गरिएको उक्त नाला तथा ढलान निर्माण वडानं १८ सुखचैना र वडा नं २१ परवानीपुरसम्म एक हजार २५६ मिटर लम्बाइ रहेको वडा नं २१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन भन्छन्: राजा ल्याउँछु भनेर हिँडेका थाकेर फर्किसके, अब चर्चा नगरौँ
गगन भन्छन्: राजा ल्याउँछु भनेर हिँडेका थाकेर फर्किसके, अब चर्चा नगरौँ
भन्सार छलेर ल्याइएको सामानसहित ट्रक र चालक पक्राउ
भन्सार छलेर ल्याइएको सामानसहित ट्रक र चालक पक्राउ
पर्वतको वीरेठाँटीदेखि मुक्तिनाथसम्म ८१ किमि लामो केवलकार बनाइँदै, लागत साढे ५७ अर्ब
पर्वतको वीरेठाँटीदेखि मुक्तिनाथसम्म ८१ किमि लामो केवलकार बनाइँदै, लागत साढे ५७ अर्ब
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
सर्लाहीमा आएको हावाहुरीले जनधनको क्षति, तीन जना घाइते
सर्लाहीमा आएको हावाहुरीले जनधनको क्षति, तीन जना घाइते
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने जसपाको निर्णय
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने जसपाको निर्णय
दाङबाट नक्कली नोटसहित चार जना पक्राउ
दाङबाट नक्कली नोटसहित चार जना पक्राउ
क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख ४० हजार ठगी गर्ने महिला पक्राउ
दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख ४० हजार ठगी गर्ने महिला पक्राउ
योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफि गर्ने छाती मसँग छ : सभापति लामिछाने
योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफि गर्ने छाती मसँग छ : सभापति लामिछाने