महिला टी–२० विश्‍वकप छनोटमा नेपाल समूह चरणबाटै बाहिरियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १२, २०८२
|
|
४३ पटक हेरिएको
Shares
महिला टी–२० विश्‍वकप छनोटमा नेपाल समूह चरणबाटै बाहिरियो

सारांश

  • नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्‍वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।
  • टीयू क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको हो ।
  • स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल ६८ रनमै रोकियो ।

१२ माघ, काठमाडौं ।

नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्‍वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । टीयू क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको हो । स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल ६८ रनमै रोकियो । नेपालका लागि रोमा थापा र विन्दु रावलले समान १४ र रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कप्तान इन्दु बर्मा रिटायर्ड हर्ट भइन् । बलिङ स्कटल्याण्डकी अब्दह मक्सुदले सर्वाधिक ३ विकेट लिइन् । त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनाएको थियो । स्कटल्याण्डका लागि प्रियांज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । उनले २८ बलमा ७ चौका प्रहार गरिन् । बलिङमा नेपालकी मनिषा उपाध्ययले सर्वाधिक ४ विकेट लिइन् । रुविना क्षेत्रीले ३, रिया शर्मा, सीता रानामगर र कविता जोशीले एकएक विकेट लिए । समूह चरणमा नेपालले एक खेलमा मात्रै जित निकाल्न सक्यो । नेपाल रहेको समूहबाट नेदरल्याण्ड्स, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन्। नेपाल र जिम्बाब्बे चौथो र पाँचौं नम्बरमा रहँदै प्रतियोगिताबाट बाहिरिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?