केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्ः प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
३१ पटक हेरिएको
Shares
केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्ः प्रधानमन्त्री ओली

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरू सफल नहुने बताएका छन् ।
  • एमाले रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले आफूपछि झन बलिया नेता आउने बताए ।
  • ‘एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन् ।

 

२९ चैत, रुपन्देही ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरू सफल नहुने बताएका छन् । एमाले रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले आफूपछि झन बलिया नेता आउने बताए ।‘एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन् ।

म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरु पार्टीमा आउनेछन्,’ उनले भने । उनले थपे, ‘यस देशको विकासको भाग्यरेखा हामी आफै कोर्छाैं । मान्छेको घरमा आगो लगाएर र पसलबाट चोरेर भाग्नेहरूले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन् ।’ एमाले अध्यक्ष समेत रहेका ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको उल्लेख गर्दै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताए ।

 

उनले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरूले एमालेलाई विभाजनको कोसिस गर्नेहरू असफल भएको टिप्पणी गरे । राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको जिकिर गरे । प्रधानमन्त्री ओलीले अहिलेको गठबन्धन चुनावसम्म सँगै जाने उल्लेख गर्दै भने, ‘यो सरकार ढल्न त के हल्लन पनि हल्लँदैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?