Press 4K
शनिबार, ९ श्रावण २०८३

सांसदले उठाए कूटनीतिक राहदानीको माग, सभामुखले गरे छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ९, २०८३
|
|
१५२ पटक हेरिएको
Shares
सांसदले उठाए कूटनीतिक राहदानीको माग, सभामुखले गरे छलफल

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले कूटनीतिक राहदानीसम्बन्धी विषयमा सभामुखले विभिन्न दलका प्रमुख सचेतकहरूसँग छलफल गरेको बताएकी छन् ।
  • सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सहभागी दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद ओलीले प्रतिनिधिसभाका विभिन्न सदस्यहरूबाट कूटनीतिक राहदानीको माग बढ्दै गएकाले त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरिएको बताइन् ।
  • राहदानी ऐन २०७६ तथा नियमावलीअनुसार दफा ६ मा विशेष सरकारी कार्यक्रम वा विशेष कार्यमा जाने तोकिएका पदाधिकारीहरूले मात्र कूटनीतिक राहदानी पाउने व्यवस्था रहेको उनले उल्लेख गरिन् ।

९ वैशाख,काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले कूटनीतिक राहदानीसम्बन्धी विषयमा सभामुखले विभिन्न दलका प्रमुख सचेतकहरूसँग छलफल गरेको बताएकी छन् । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सहभागी दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद ओलीले प्रतिनिधिसभाका विभिन्न सदस्यहरूबाट कूटनीतिक राहदानीको माग बढ्दै गएकाले त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरिएको बताइन् ।

राहदानी ऐन २०७६ तथा नियमावलीअनुसार दफा ६ मा विशेष सरकारी कार्यक्रम वा विशेष कार्यमा जाने तोकिएका पदाधिकारीहरूले मात्र कूटनीतिक राहदानी पाउने व्यवस्था रहेको उनले उल्लेख गरिन् । उनले भनिन्, ‘विभिन्न प्रतिनिधिसभाका सदस्यहरुले कुटनीतिक राहदानीको माग आइरहेकाले त्यसलाई कसरी अगाडि लैजाने भनेर पार्टीको सचेतकहरु र प्रमुख सचेतकहरु बोलाएर सभामुखज्यूले कुरा गर्नुभएको हो । यसमा राहदानी ऐन २०७६ ले चाँही नियमावली अनुसार दफा ६ राजधानी ऐनको दफा ६ अनुसार विशेष सरकारी कार्यक्रमहरुमा वा विशेष काममा जाँदा तोकिएको पदाधिकारीले मात्र पाउने कुरा रहेछ । तर, धेरै सांसदहरूलाई विभिन्न कार्यक्रमका लागि विदेश भ्रमणमा जानुपर्ने अवस्था रहेको भन्दै हालको कानुनी व्यवस्थाअनुसार सहज रूपमा राहदानी उपलब्ध गराउन कठिनाइ भइरहेको उनको भनाइ छ ।

यस विषयमा आगामी दिनमा सांसदहरूलाई कसरी सहजीकरण गर्ने भन्नेबारे विभिन्न दलका सचेतक र प्रमुख सचेतकहरूबाट सुझाव संकलन गर्न सभामुखले छलफलका लागि बोलाएको उनले जानकारी दिइन् । उनले भनिन्, ‘तर धेरै माननीयज्यूहरुले विभिन्न कार्यक्रममा विदेश भ्रमणमा जानुपर्ने भएकाले अहिले ऐन र नियमावली अनुसार त्यो दिन नमिल्ने तर आगामी दिनमा माननीयहरुलाई सहजीकरण कसरी गर्ने भन्ने विषयमा राय सल्लाह बोलाइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरायसी विवादमा श्रीमतीको ह*त्या, श्रीमान् पक्राउ
घरायसी विवादमा श्रीमतीको ह*त्या, श्रीमान् पक्राउ
माडवाडी सेवा समितिद्वारा उच्च अदालतमा मुद्दा दायर
माडवाडी सेवा समितिद्वारा उच्च अदालतमा मुद्दा दायर
प्रधानमन्त्री ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराजको आरोप
प्रधानमन्त्री ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराजको आरोप
सिरहा लहानबाट ठूलो परिमाणको गाँजा सहित दुई जना पक्राउ
सिरहा लहानबाट ठूलो परिमाणको गाँजा सहित दुई जना पक्राउ
आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै
आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै
ललितपुरमा खुकुरी प्रहार गरेर युवकको हत्या
ललितपुरमा खुकुरी प्रहार गरेर युवकको हत्या
‘सगरमाथा संवाद अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण’
‘सगरमाथा संवाद अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण’
भारतको हिमाचलमा ग्यास सिलिन्डर वि*स्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृ*त्यु
भारतको हिमाचलमा ग्यास सिलिन्डर वि*स्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृ*त्यु
दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल
दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल
बागमतीमा कांग्रेस र एमालेबीच २०-२० महिना मुख्यमन्त्री हुने सहमति
बागमतीमा कांग्रेस र एमालेबीच २०-२० महिना मुख्यमन्त्री हुने सहमति

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...